९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

भारतीय लोकसभा चुनाव : ढनाढ्य मुकेश अम्बानीदेखी चर्चित बलिउड कलाकारहरुले समेत गरे मतदान

भारतीय लोकसभा चुनाव : ढनाढ्य मुकेश अम्बानीदेखी चर्चित बलिउड कलाकारहरुले समेत गरे मतदान
अ अ+ अ-

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान सोमबार शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदानको लागि त्यहाँ बिदा दिइएको छ ।

निर्वाचन आयोगका अनुसार, चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले ९४५ जना उम्मेदवारको भाग्यको फैसलाको लागि चर्चित बलिउड कलाकारहरुले मतदान गरेका छन् । भारतका धनाढ्य व्यक्तित्वहरु मुकेश अम्बानी र अनिल अम्बानीको मतदान केन्द्र पुगी मतदान गरेका छन् ।

बलिउडका ‘सुपर स्टार’ अमितताभ बच्चनका सम्पूर्ण परिवार, चर्चित बलिउड अभिनेता राकेश रोषणका सम्पूर्ण परिवार, अमिर खान, सलमान खान, अजय देवगण, रणबीर सिंहलगायत कैयौ चर्चित कलाकारको मतदान केन्द्रमा उपस्थिति रहेको छ ।
चर्चित अभिनेत्री रेखा, हेमा मालिनी, माधुरी दिक्षित, काजोल, करिणा कपूर, प्रियंका चोपडालगायत कैयौ अभिनेत्रीहरुको बाक्लो उपस्थिति रहै मतदान केन्द्रमा ।

भारतीय प्रख्यात क्रिकेटर सचिन तेन्दुलकर पनि आफ्ना सम्पूर्ण परिवारसहित मतदान केन्द्र पुगी मतदान गरेका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आमजनतालाई ट्वीटरमार्फत मतदानमा सक्रिय सहभागी हुन आह्वान गर्नुभएको छ । यी सवै कलाकारले पनि सर्वसाधारणलाई मतदान आफ्नो मताधिकार सुरक्षित गर्न आह्वान गरेका थिए ।

बिहान सात बजेबाट नै १० हजार मतदान केन्द्रलाई खुल्ला गरिए तापनि सो समयमा नै लामो लाइन भएको समाचारमा जनाइएको छ ।

यता बलिउड कलकारको मतदान केन्द्रमा बाक्लो उपस्थिति रहेको छ भने, उता सर्वसाधारणको भने मतदान केन्द्रमा कम मात्र उपस्थिति रहेका समाचारमा जनाइएको छ ।

आम निर्वाचनमा आम जनताको उपस्थिति नै निर्वाचनलाई सफलताको रुपमा लिन सकिन्छ । सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ ।