२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संखुवासभाको मादीमा बस दुर्घटना, कम्तीमा १० जनाको मृत्यु, उद्धारकार्य जारी



अ+ अ-

काठमाडौं । संखुवासभाको मादी नगरपालिका वडा नं ६ सातघुम्ती भन्ने स्थानमा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।झापाको दमक तर्फ जादै गरेको बस आज बिहान करिब साढे सात बजे दुर्घटना भएको थियो । बसमा चालक सहित १८ यात्रु रहेका थिए ।

बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।  तीन जनालाई घाईते अवस्थामा उद्धार गरिएको छ ।बस टुक्रा टुक्रा भएका कारण उद्धारमा कठिनाई भएको जनाइएको छ । अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय बासिन्दा उद्धार कार्यमा जुटेका पत्रकार जीवनाथ खनालले जानकारी दिनुभयो ।

फाेटाे -धूपुले निरौला हेमराज