१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउन आतुर



अ+ अ-

काठमाडौं । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ग्रेट हल अफ पिपुल्समा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग दुई पक्षीय भेटवार्ता गरेकी छन् । सो भेटवार्तामा राष्ट्रपति भण्डारीले सीलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिएकी छन् ।

दुई समकक्षीको भेटले राष्ट्रपति सीको नेपाल भ्रमण गर्ने वातावरण निर्माण भएको मूल्यांकन गरिएको छ । अघिल्लो कार्यकालमा सीले दक्षिण एसियाका देशहरूमध्ये भुटान र नेपालबाहेकका सबै देश भ्रमण गरेका थिए । यसपटक सी सकारात्मक देखिएको बताइएको छ ।

सीले आफूलाई सुन्दर देश नेपाल भ्रमण गर्ने व्यग्र इच्छा रहेको बताएका थिए । ‘सुन्दर देश नेपाल भ्रमणलाई मैले निकै महत्वका साथ हेरेको छु । उपयुक्त समयमा म नेपाल भ्रमण गर्नेछु,’ उनले भने । उनले नेपालले एक चीन नीतिलाई समर्थन गरेकोमा राष्ट्रपति भण्डारीलाई धन्यवादसमेत दिएका थिए । आजको राजधानी दैनिकमा यो खबर छापिएको छ ।