१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड

क्याप्टेन लामाले ऐन नियमको कक्षा लिनुपर्ने !

क्याप्टेन लामाले ऐन नियमको कक्षा लिनुपर्ने !
अ अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमले क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाउन निर्देशन दिएसँगै निगमले लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको हो । गत चैत १९ गते राति निगमको दुबई उडान रद्द भएसँगै उड्डयन क्षेत्रको नियम उल्लंघन गर्दै सञ्चारमाध्यममा अभिव्यक्ति दिएपछि प्राधिकरणले वैशाख ४ गते ७ दिने अल्टिमेटम दिँदै लामासँग स्पष्टीकरण सोधेको थियो ।

क्याप्टेन लामाले दिएको प्रष्टिकरण चित्त बुझ्दो नभएपछि प्राधिकरणले प्रवक्ताबाट नहटाएसम्म लामाको पाइलटको लाइसेन्स निलम्बन गर्ने निर्णय गरेको थियो । निगमका सहप्रवक्ता नवराज कोइरालाले भने, ‘प्राधिकणले क्याप्टेन लामालाई दोहोरो भूमिकाबाट हटाउन पत्र पठाएको थियो । नियामक निकायको पत्रलाई कार्यान्वयन गदै पदमुक्त गरिएको पत्र प्राधिकरण पठाएका छौं।’

लामा प्रवक्ता जिम्मेवारबाट पदमुक्त भएपछि उनको लाइसेन्स निलम्बन फुकुवा भएको प्राधिकरणले जनाएको छ । ‘नियमक निकायको पहिलो चासो सुरक्षा हो ।’ प्राधिकरण उच्च स्रोतले भन्यो, ‘पाइलटले म थकानमा छु, अनिद्रामा छु, अस्वस्थ रहेको बताउनु उडान सुरक्षाका हिसाबले गम्भीर हो ।’ लामाले सञ्चारमाध्यममा दिएको अन्तरवार्तामा ती कुरा बताउनु भएको थियो । प्राधिकरण स्रोतले भन्यो, ‘लामामा एकदमै दम्भ रहेको पायौं, नागरिक उड्डयन प्राधिकरणसम्बन्धी ऐन नियमको कमी भएको पाइएकाले उहाँले कानुनी कक्षा लिनु पर्ने हुन्छ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।