१४ असार २०८३, आईतवार
,
Latest
शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’ काँग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएनः रास्वपा सांसद खनाल आर्थिक विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

के, किन, कसरी पढ्ने ?



अ+ अ-

शिक्षा, पर्यटन र संस्कृतिका क्षेत्रमा काम गरिरहेको साभ नेपाल (सोसियल अवेरनेस थ्रु अडियो एण्ड भिज्युअल नेपाल) नामक संस्थाले पोखराका विद्यालय तहमा अध्ययनरत विद्यार्थीको लागि उत्प्रेरणा दिएको छ ।

विद्यार्थीका लागि उपयोगी विषयमा केन्द्रित रहेर के पढ्ने, किन पढ्ने, कसरी पढ्ने, कस्ता साथी बनाउने, कस्तो बानी व्यहोरा अपनाउने लगायत विषयमा उत्प्रेरक डा ताराजी र उपेन्द्र पौडेलले प्रस्तुति दिएका थिए ।

वर्तमान समयमा शिक्षा क्षेत्रमा देखिएका विकृति, बढ्दै गएको सामाजिक समस्या, मौलिक संस्कृतिमा आएको अस्तित्वको सङ्कट, प्रतिकूल बन्दै गएको पर्यावरण, शिशुमा देखिएको मनोवैज्ञानिक समस्या र विद्यालयको अपेक्षित भूमिका, बिग्रँदो युवापुस्ता आदि समसामयिक विषयको प्रस्तुति रहेको थियो ।

श्रव्यदृश्य सामग्रीको उत्पादन र प्रसारणमार्फत नेपाली समाजमा सामाजिक सचेतना अभिवृद्धि गरी स्वस्थ समाज निर्माणमा टेवा पु¥याउने उद्देश्यले गठित साभले काम गरिरहेको संस्थाका अध्यक्ष तुलसी प्रवासले जानकारी दिए ।

शैक्षिक सत्रको शुरुमा आयोजित गोष्ठीले विद्यार्थीलाई पढाइप्रति प्रेरणा प्रदान गरेको र कार्यक्रम निकै फलदायी बनेको सहभागी विद्यार्थी तथा शिक्षकको प्रतिक्रिया थियो । बिहीबार आयोजित गोष्ठीमा विभिन्न विद्यालयका ५०० जनाको सहभागिता थियो ।