६ आश्विन २०८१, आईतवार
,
Latest
रवि निगरानीमा, प्रतिवेदन अध्यायन भै रहेको छ: प्रहरी यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन एन्फा लिगमा वागमतीको दोस्रो जित दुर्गा प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा जम्मा हुन रास्वपाको सर्कुलर मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विहे घर झै सिँगारियो संसद भवन



अ+ अ-

काठमाडौं । आज संसद भवन नयाँ बानेश्वर विहे घर झै सिँगारिएको छ । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि स्वागतका लागि सिँगारिएको हो ।

शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारद्वारा तयार पारिएको नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपतिले सम्बोधन नीति तथा कार्यक्रम सुरु गर्नुभन्दा आधा घण्टा अगाडि नै सांसदलाई आ–आफ्नो स्थानमा आशन ग्रहण गर्न भनिएको छ । राष्ट्रपतिका लागि सभामुखको आशनको दायाँपट्टि विशेष आशनको व्यवस्था गरिएको छ ।

राष्ट्रपति संसद भवन पुग्दा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतले स्वागत गर्नेछन् ।

शुक्रबार बिहानैदेखि संघीय संसदका कर्मचारीहरु भवन परिसर सजावटको काममा खटिएका छन् ।उनीहरु सरसफाई, पानीको फोहोरा मिलाउने , कार्पेट विच्छाउनेलगायतका सजावटका काम व्यस्त देखिन्थे ।

संसद् भवनको गेटदेखि भित्रैसम्म नेपाली राष्ट्रिय झण्डा तथा विभिन्न ध्वजापताका राखेर सजाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि महराजगञ्जदेखि लैनचौर, महेन्द्र शालिक, माइतीघर हुदै नयाँ वानेश्वरसम्मको सडक खाली हुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको पनि सोही रुटबाट सवारी हुनेछ ।