१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

जनप्रतिनिधिकै घरमा छाउगोठ

जनप्रतिनिधिकै घरमा छाउगोठ
अ अ+ अ-

बाजुरा । बडिमालिका नगरपालिका–१ का अध्यक्ष रामबहादुर कार्की, २ का अध्यक्ष डम्मर महत, ८ का अध्यक्ष प्रकाश रावल र ७ का अध्यक्ष धर्मराज पाध्याय बस्ने गाउँ र वडाका महिला परम्परागत रूपमा छाउगोठमा बस्ने गरेका छन् ।

रामबहादुर कार्कीको गाउँ सल्लेना हो। उनको गाउँमा १११ परिवार बस्दै आएका छन्। सबै महिला महिनावारी भएको बेला छाउगोठमा बस्ने गरेका छन्। प्रकाश रावल बस्ने गाउँ र वडाका महिलाहरु पनि छाउगोठमा बस्दै आएका छन्। त्यस्तै धर्मराज पाध्याय बस्ने रजातोली गाउँमा ११५ परिवार बस्छन्। महिनावारी भएको बेला सबै महिलाहरू छाउगोठमा बस्ने गरेका छन्।

रजातोली गाउँमा २४ जना स्थायी, अस्थायी कर्मचारी र २ जना जनप्रतिनिधि छन्, उनीहरूका घरका महिला पनि महिनावारी भएको बेला छाउगोठमा बस्दै आएका छन्। बडिमालिका नगरपालिका–२ मा पनि छाउपडी गोठमा बस्ने चलन कायमै छ। गोठ थोरै छन्, प्रथा चाहिँ रहेको अध्यक्ष डम्मर महतले बताए। ‘नगरपालिकामा सामाजिक कुरीति उन्मूलन गर्नका लागि नियम कानुन बनाउने र नियगमन गर्ने वडा अध्यक्षको गाउँमै नै छाउपडी प्रथाले जरो गाड्दै आएको छ, कसरी परिर्वतन हुन्छ’, एक स्थानीयले भने। बडिमालिका नगरपालिका ३, ४, ५ र ६ छाउपडी गोठमुक्त घोषणा भइसकेका छन्। वडा नम्बर १, २, ७ र ८ मा भने निकै ग्राहो भएको उपप्रमुख कविता विष्टले बताइन्। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।