२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रियंकाका भाइको इन्गेजमेन्ट भयो तर विवाह अघि…



अ+ अ-

काठमाडौं । शनिबार प्रियंकाकी आमा मधु चोपडाले छोरा सिद्धार्थको विवाह टुटेको खबर पुष्टि गरेकी छिन् । मधुले भनिन्, ‘सिद्धार्थ र इशिताको विवाह अप्रिलको अन्तिममा हुनु थियो । तर अब यो विवाह टुटेको छ । दुबैले आपसी सहमतीमा सम्बन्ध तोड्ने निर्णय गरेका हुन् ।’

केही दिन अघि प्रियंका चोपडा भाइ सिद्धार्थ चोपडाको विवाहका लागि भारत आएकी थिइन् । तर उनकी बुहारी इशिता कुमारको स्वास्थ्य अचानक खराब भयो र विवाह रोकिएको थियो । त्यसपछि उनीहरुको विवाह टुटेको हुनसक्ने अडकलबाजी गरिएको थियो ।

इशिताले आफ्नो र सिद्धार्थको फोटो इन्स्टाग्रामबाट डिलिट गरेकी छिन् । साथै अब प्रियंका र सिद्धार्थले उनलाई इन्स्टाग्राममा अनफलो गरेका छन् । हालै इशिताले आफ्नो इन्स्टाग्राममा रेष्टुरेन्टको एउटा फोटो अपलोड गरेकी थिइन् । फोटोमा उनले क्याप्सन लेखेकी छिन्, ‘निकै खुसी भएर नयाँ सुरुवात गर्दैछु । पुरानो यादलाई एक चुम्बनसहित सदाका लागि बिदा । ’

सम्बन्ध टुटेपछि इशिताको परिवारको समर्थनः

यो फोटोमा इशिताकी आमा निधि कुमारले कमेन्ट गरेकी छिन्, ‘पुरानो किताबलाई बन्द गर र नयाँ लेख ।’ यस्तै, उनका पिताले पनि यो पोष्टमा कमेन्ट गरेका छन् । उनले लेखेका छन्, ‘हामी तिम्रो साथमा छौं । तिमी त्यही तारा बन जसका लागि तिमी जन्मिएकी छौ ।’

तर अब इशिता इन्स्टाग्रामबाट गायब छिन् । यसअघि इशिताले ब्राइडल शावरका केही फोटो सोसल मिडियामा सेयर गरेकी थिइन् । दुबैको रोका (इन्गेजमेन्ट) फेब्रुअरीमा भएको थियो । विवाहको केही दिन अघि इशिता बिरामी भइन् र उनको शल्यक्रिया पनि भयो ।