१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरा स्वीकार, जन्मदर्ता अस्वीकार



अ+ अ-

काठमाडौं । नरहरिनाथ गाउँपालिका–२ कोटबाडाका बिर्ख विष्ट र आमसरा दर्जीको छोरा रत्न विष्ट नौ वर्ष भइसक्दा पनि जन्मदर्ताको प्रमाणपत्र पाएका छैनन् । बाबु बिर्खले रत्नलाई दलित आमाबाट जन्मिएको भन्दै जन्मदर्ता बनाउन मानेका छैनन् । बिर्ख र आमसराबीच प्रेम सम्बन्धबाट ०७६७ सालमा रत्नको जन्म भएको थियो ।

विष्टले दलित आमाबाट बच्चा जन्मिएका कारण छोराको जन्मदार्ता बनाउन नमानेका स्थानीय प्रेम दजीले बताए । ‘पहिला प्रेम गर्न कुनै बच्चा जन्माउन जातले छेकेन, उनले भने,‘अहिले बच्चा भएपछि दलित भन्दै आफ्नो बच्चालाई नलिनु र जन्मदर्तासमेत नबनाउनु जातीय विभेद हो ।’ बिर्खले रत्न आफ्नै सन्तान भएको स्विकारिसकेका छन् ।

प्रेम सम्बन्धबाट सन्तान जन्मे पनि ९ भदौ ०६७ मा ६ वर्ष पुगेपछि आफ्नो कोटबाडा गाविसमका खम्म दर्जी र कुमालगाउँ महासिंह बुढाको रोहबरमा कागज गरेको थिए । समाचार नयाँ पत्रिका दैनिकमा छ ।