२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पशुपती प्रसाद’ र ‘धनपति’ पछि दीपेन्द्रको नयाँ फिल्म ‘आमा’



अ+ अ-

‘पशुपती प्रसाद’ र ‘धनपति’ जस्ता राम्रो फिल्म बनाइसकेका निर्देशक दीपेन्द्र के खनालले नयाँ फिल्म ‘आमा’ बनाउने घोषणा गरेका छन् ।

हीरासिंह खत्रीले वि.सं. २०२० मा यो फिल्मको नाम नै राखेर पुनः खनालले उक्त फिल्म बनाउने निर्णय गरेका हुन् । उनले राजधानीमा एक कार्यक्रमका बीच फिल्म ‘आमा’को औपचारिक निर्माण समेत घोषणा गरेका छन् ।

फिल्म निर्माणमा बिभिन्न बिषय र प्रबिधि प्रयोग गरेर प्रयोगवादी निर्देशकको रुपमा समेत आफुलाई प्रमाणीत गरेका निर्देशक खनालले यो फिल्म आफ्नै लेखन, निर्देशक र छाँयाकनमा तयार गर्न लागेका हुन् ।

एक आमा र छोरीको बिचको सम्बन्धमा फिल्म ‘आमा’ बनाउन लागेको निर्देशक खनालले कार्यक्रममा बताए ।

काठमाडौं र रामेछापमा छायांकन हुने फिल्मको सह–निर्मातामा सन्तोष अधिकारी रहेका छन् ।निर्माण शर्मिला पाण्डे निर्माण गर्न लागेको फिल्मको शिर्ष अर्थात ‘आमा’को भुमिकामा कलाकार सुर्यमाला खनाल रहेकी छन् ।

भुपेन्द्र खड्काको गीत रहेको फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतको अभिनय रहनेछ ।