३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाणको प्रश्न- मदन भण्डारीको हितैषी ‘मेरो सरकार’ हुनुहुन्छ, हत्यारा खोज्नु पर्दैन? कहिले खोज्नुहुन्छ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले मदन भण्डारी र निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानमा कांग्रेस संसदीय दलका सचेतकसमेत रहेका खाणले ‘मदन भण्डारीको सबैभन्दा हितैषी ‘मेरो सरकार’ हुनुहुन्छ। प्रधानमन्त्री हुनुहुन्छ अनि हत्यारा खोज्नु पर्दैन? कहिले खोज्नुहुन्छ?,’ उनले भने।

उनले अहिले हाँस्यकलाकारले देश चलाइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ब्यंग समेत गर्न भ्याए । उनले काठमाडैंको धुलो हटाउन सरकारले नसकेको आरोप लगाए। ‘मेरो सरकारले त माक्स लगाउनु पर्दैन। एसी गाडी छ,’ उनले भने, ‘काठमाडौं माक्समाडौं बनाइदिनुभएको छ। माक्स लगाउनु पर्दा आफ्नै साथी चिन्न गाह्रो भो।’