काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपको समूह चरणमा भारतीय क्लब मिनर्वा पन्जाबविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ ।
यसअघिका दुई खेलमा हार र एक खेलमा बराबरी खेलको मनाङ समूह ई को पुछारमा रहेको मनाङले आज दिउँसो तीन बजे एन्फा कम्प्लेक्सको खेल मैदानमा पञ्जाबविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।
मनाङले अवे खेलमा पञ्जाबविरुद्ध उसैको मैदानमा २–२ गोलको बराबरी खेलेको थियो । त्यस कारण पनि बलियो मनस्थिति बनाएर मनाङ मैदानमा उत्रिदैछ ।