५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोप घुम्न गएका दुई सांसद स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा पुगेपछि…………



अ+ अ-

काठमाडौं । समाजवादी पार्टीका सांसद प्रदीप यादव र राष्ट्रिय जनता पार्टी नेपालका अकवाल मियाँ पार्टीलाई समेत जानकारी नदिई स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा सहभागी भएको खुलेको छ ।

वैशाख २४ देखि २७ गतेसम्म लाटभियाको राजधानी रिगामा स्वतन्त्र तिब्बत पक्षधर सांसदहरूको भेलामा नेपालको प्रतिनिधि सभाका दुई सांसदहरू सहभागी भएका थिए। तर उक्त कुरा नेपाली संचार माध्यममा आएपछि उनिहरुले आफूहरू झुक्किएर त्यहाँ पुगेको दाबी गरेका छन्।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने यादवको सहभगिताबारे पार्टीलाई कुनै जानकारी नभएको बताएका छन् । उनले विज्ञप्ति जारी गर्दै यादवले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभए अनुशासनको कारबाही गर्ने समेत बताएका छन् ।

‘कार्यक्रममा पुगेपछि मात्रै जान नहुने ठाउँमा पुगियो भन्ने थाहा भयो। त्यसपछि त्यहाँबाट हामी निस्कियौं। मैले बिरामी भएको बहाना बनाएँ। उनीहरूले औषधी किन्न मान्छेसँगै पठाउन खोजेका थिए। अकबालजीले मेरो कोठामा छ औषधी भन्नुभयो,’ प्रदीप यादवले भने, ‘नेपालको नीतिविपरित छ भन्ने लागेपछि बहाना बनाएर कार्यक्रमबाट निस्कियौं।’

उनले नेपालको परराष्ट्र नीति र कानुनविपरितका कुनै गतिविधिमा सहभागी नभएको बताए।