१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोप घुम्न गएका दुई सांसद स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा पुगेपछि…………



अ+ अ-

काठमाडौं । समाजवादी पार्टीका सांसद प्रदीप यादव र राष्ट्रिय जनता पार्टी नेपालका अकवाल मियाँ पार्टीलाई समेत जानकारी नदिई स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा सहभागी भएको खुलेको छ ।

वैशाख २४ देखि २७ गतेसम्म लाटभियाको राजधानी रिगामा स्वतन्त्र तिब्बत पक्षधर सांसदहरूको भेलामा नेपालको प्रतिनिधि सभाका दुई सांसदहरू सहभागी भएका थिए। तर उक्त कुरा नेपाली संचार माध्यममा आएपछि उनिहरुले आफूहरू झुक्किएर त्यहाँ पुगेको दाबी गरेका छन्।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने यादवको सहभगिताबारे पार्टीलाई कुनै जानकारी नभएको बताएका छन् । उनले विज्ञप्ति जारी गर्दै यादवले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभए अनुशासनको कारबाही गर्ने समेत बताएका छन् ।

‘कार्यक्रममा पुगेपछि मात्रै जान नहुने ठाउँमा पुगियो भन्ने थाहा भयो। त्यसपछि त्यहाँबाट हामी निस्कियौं। मैले बिरामी भएको बहाना बनाएँ। उनीहरूले औषधी किन्न मान्छेसँगै पठाउन खोजेका थिए। अकबालजीले मेरो कोठामा छ औषधी भन्नुभयो,’ प्रदीप यादवले भने, ‘नेपालको नीतिविपरित छ भन्ने लागेपछि बहाना बनाएर कार्यक्रमबाट निस्कियौं।’

उनले नेपालको परराष्ट्र नीति र कानुनविपरितका कुनै गतिविधिमा सहभागी नभएको बताए।