काठमाडौं । डच लिगको उपाधि आयाक्सले जितेको छ । च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको आयाक्सले दुई घरेलु प्रतियोगिताको उपाधि जित्ने क्रममा ग्राफ्स्च्यापमाथि ४–१ को जित हात पारेको हो ।
ग्राफ्स्च्यापको मैदानमा भएको खेलमा लास्से स्कोनेले ३७औं मिनेटमा गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा ग्राफ्स्च्यापका एल जेबीले गोल गरेपछि खेल बराबरीमा पुग्यो ।
त्यसको चार मिनेटपछि आयाक्सका लागि निकोलस टाग्लियाफिकोले गोल गर्दै फेरी आयाक्सलाई अग्रता दिलाए ।
६७औं मिनेटमा आयाक्सले पेनाल्टी पायो । जसलाई डुसान टाडिचले गोलमा परिणत गरे । ८७औं मिनेटमा टाडिचले अर्को गोल गरेपछि आयाक्सले दोस्रो स्थानको पीएसभीलाई पछि पार्दै उपाधि जित्यो ।
आयाक्सले लिग कपको उपाधि पनि जितेको थियो । आयाक्सले सन् २०१४ देखि लिग जित्न सकेको थिएन ।