१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

डच लिगको उपाधि आयाक्सले जित्यो, ग्राफ्स्च्याप पराजित



अ+ अ-

काठमाडौं । डच लिगको उपाधि आयाक्सले जितेको छ । च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको आयाक्सले दुई घरेलु प्रतियोगिताको उपाधि जित्ने क्रममा ग्राफ्स्च्यापमाथि ४–१ को जित हात पारेको हो ।

ग्राफ्स्च्यापको मैदानमा भएको खेलमा लास्से स्कोनेले ३७औं मिनेटमा गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा ग्राफ्स्च्यापका एल जेबीले गोल गरेपछि खेल बराबरीमा पुग्यो ।

त्यसको चार मिनेटपछि आयाक्सका लागि निकोलस टाग्लियाफिकोले गोल गर्दै फेरी आयाक्सलाई अग्रता दिलाए ।

६७औं मिनेटमा आयाक्सले पेनाल्टी पायो । जसलाई डुसान टाडिचले गोलमा परिणत गरे । ८७औं मिनेटमा टाडिचले अर्को गोल गरेपछि आयाक्सले दोस्रो स्थानको पीएसभीलाई पछि पार्दै उपाधि जित्यो ।

आयाक्सले लिग कपको उपाधि पनि जितेको थियो । आयाक्सले सन् २०१४ देखि लिग जित्न सकेको थिएन ।