२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्लोबल कन्ज्युमर एक्स्पो आजदेखि भृकुटीमण्डपमा, ३५ हजारभन्दा बढी आगन्तुक भित्रिने अपेक्षा नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक अव्यवस्थित तार हटाउन ऊर्जा मन्त्रालयको अग्रसरता प्रतिनिधि सभा अन्तर्राष्ट्रिय श्रम सम्बन्धि दुई वटा प्रोटोकल पेस अभौतिक सांस्कृतिक सम्पदाले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्छः पर्यटनमन्त्री पौडेल ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान आर्थिक विधेयकमा अनधिकृत हस्तक्षेप भएको पुनको आरोप, छानबिन समिति गठन गर्न माग निजी क्षेत्रको लगानी र पुँजीगत खर्च वृद्धि विना विकास असम्भवः सांसद गजुरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी,खाद्यान्न संकट हुनसक्ने संचार माध्यमको दावी



अ+ अ-

सोल । उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । यसबाट यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ ।

समाचारमा जनाइएअनुसार यस खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ ।

यस देशको अवस्थाको बारेमा हामीले गम्भीर चासो लिएका छौँ– विश्व खाद्य कार्यक्रमका एकजना अधिकारीले जानकारी दिएका छन् ।त्यहाँ खाद्यान्नको संकट हुनसक्ने उनीहरुले जनाएका छन् ।


उत्तर कोरियाले विगतमा गर्ने गरेका आणविक परीक्षणका कारण उसमाथि कडा खालका आर्थिक लगायतका नाकाबन्दीहरु लगाइएको छ । अर्कातर्फ यहाँ खडेरीका कारण खाद्यान्न अभाव हुनसक्ने भएकोले यसप्रति आफूहरु संयमित भएको ऊक्त कार्यत्रमका अधिकारीले जनाएका छन् ।

यीनै नाकाबन्दीका कारण विगतमा पनि उत्तर कोरियाले खाद्यान्न संकट व्यहोर्नुपरेको बताइएको छ । यस पटक खडेरी नै परेकोले उनीहरुलाई खाद्यान्न संकट पर्न सक्ने अनुमान गरिएको छ ।

यस प्राकृतिक प्रकोपका कारण अन्न उत्पादन पनि करिब पाँच लाख टन कमी आउने अनुमान गरिएको छ । त्यसैगरी कृषि उपजको कमी आउने र सिंचाईँको प्रबन्धको कमीका कारण खाद्य उत्पादनमा समस्या उत्पन्न हुने अनुमान गरिएको छ ।

यस वर्ष उत्तर कोरियामा सन् १९१७ यताकै सबैभन्दा थोरै पानी परेको छ । यस वर्षभरमा गत बुधबार ५६.३ मिलीलिटर मात्र पानी परेको थियो । जुन सन् १९१७ यताकै सबैभन्दा थोरै पानी परेको वर्षका रुपमा लिन सकिन्छ ।

यहाँको एक सरकारी पत्रिकाले यस खडेरीका कारण यहाँ गहुँ, मकै, आलु, सिमी तथा अन्य खाद्यान्न बाली लगाउने समय पनि गुज्रिएकोले अब विस्तारै खाद्यान्न संकटको समस्या देखिँदै जाने जनाएको छ ।

उक्त पक्रिकाले विश्व खाद्य कार्यत्रम र संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै जनाएअनुसार यहाँका करिब एक करोड नागरिकले खाद्यान्न संकटको सामना गरिरहेका छन् ।

यो यस शताब्दिकै सबैभन्दा ठूलो खडेरीको अवस्था हो र यसबाट उत्तर कोरियाका करिब ४० प्रतिशत नागरिकले यस्तो समस्या भोगिरहेको जनाइएको छ ।

तर उत्तर कोरियाले भने विश्व समुदायप्रति तिक्तता पोखेको छ । उसले वर्षौँदेखि आफ्नो आणविक कार्यक्रमको मात्र विरोध गर्ने गरेका र आफ्नो खाद्यान्न समस्याको बारेमा नसोचेको बताएको छ ।