६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी,खाद्यान्न संकट हुनसक्ने संचार माध्यमको दावी



अ+ अ-

सोल । उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । यसबाट यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ ।

समाचारमा जनाइएअनुसार यस खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ ।

यस देशको अवस्थाको बारेमा हामीले गम्भीर चासो लिएका छौँ– विश्व खाद्य कार्यक्रमका एकजना अधिकारीले जानकारी दिएका छन् ।त्यहाँ खाद्यान्नको संकट हुनसक्ने उनीहरुले जनाएका छन् ।


उत्तर कोरियाले विगतमा गर्ने गरेका आणविक परीक्षणका कारण उसमाथि कडा खालका आर्थिक लगायतका नाकाबन्दीहरु लगाइएको छ । अर्कातर्फ यहाँ खडेरीका कारण खाद्यान्न अभाव हुनसक्ने भएकोले यसप्रति आफूहरु संयमित भएको ऊक्त कार्यत्रमका अधिकारीले जनाएका छन् ।

यीनै नाकाबन्दीका कारण विगतमा पनि उत्तर कोरियाले खाद्यान्न संकट व्यहोर्नुपरेको बताइएको छ । यस पटक खडेरी नै परेकोले उनीहरुलाई खाद्यान्न संकट पर्न सक्ने अनुमान गरिएको छ ।

यस प्राकृतिक प्रकोपका कारण अन्न उत्पादन पनि करिब पाँच लाख टन कमी आउने अनुमान गरिएको छ । त्यसैगरी कृषि उपजको कमी आउने र सिंचाईँको प्रबन्धको कमीका कारण खाद्य उत्पादनमा समस्या उत्पन्न हुने अनुमान गरिएको छ ।

यस वर्ष उत्तर कोरियामा सन् १९१७ यताकै सबैभन्दा थोरै पानी परेको छ । यस वर्षभरमा गत बुधबार ५६.३ मिलीलिटर मात्र पानी परेको थियो । जुन सन् १९१७ यताकै सबैभन्दा थोरै पानी परेको वर्षका रुपमा लिन सकिन्छ ।

यहाँको एक सरकारी पत्रिकाले यस खडेरीका कारण यहाँ गहुँ, मकै, आलु, सिमी तथा अन्य खाद्यान्न बाली लगाउने समय पनि गुज्रिएकोले अब विस्तारै खाद्यान्न संकटको समस्या देखिँदै जाने जनाएको छ ।

उक्त पक्रिकाले विश्व खाद्य कार्यत्रम र संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै जनाएअनुसार यहाँका करिब एक करोड नागरिकले खाद्यान्न संकटको सामना गरिरहेका छन् ।

यो यस शताब्दिकै सबैभन्दा ठूलो खडेरीको अवस्था हो र यसबाट उत्तर कोरियाका करिब ४० प्रतिशत नागरिकले यस्तो समस्या भोगिरहेको जनाइएको छ ।

तर उत्तर कोरियाले भने विश्व समुदायप्रति तिक्तता पोखेको छ । उसले वर्षौँदेखि आफ्नो आणविक कार्यक्रमको मात्र विरोध गर्ने गरेका र आफ्नो खाद्यान्न समस्याको बारेमा नसोचेको बताएको छ ।