१३ भाद्र २०८३, शनिबार
,
Latest
आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिकल कलेज खोल्ने सरकारको तयारी



अ+ अ-

काठमाडौं । सरकारले बर्दिवास, बुटवल र सुर्खेतमा मेडिकल कलेज सञ्चालनका लागि प्रारम्भिक कार्य तीव्र गतिमा अगाडि बढाएको छ । यहि गतिमा काम भए आगामी दुइवर्षभित्र तीनसय शैयाको अस्पताल र पाँच वर्षभित्र मेडिकल कलेज पूर्ण रुपमा सञ्चालन गर्ने लक्ष्य लिएको छ।

सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्ने नीति अनुसार प्रदेश २ को बर्दिवास, प्रदेश ५ को बुटवल र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज सञ्चालन गर्न लागेको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले तीनवटै स्थानमा आगामी पाँच वर्षभित्र मेडिकल कलेज सञ्चालन गर्ने गरी काम अघि बढेको छ। बुटवल र बर्दिवासमा कलेज सञ्चालन गर्ने काम तीव्र गतिमा अघि बढेको छ, केसीले भने,’सुर्खेतमा पनि केही समयपछि द्रुत गतिमा काम अघि बढ्नेछ।’

बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका प्रमुख देवी सुवेदीले हाल भइरहेको गतिमा काम अघि बढे तीन वर्षभित्र तीनसय शैयाको अस्पताल सञ्चालनमा ल्याउने जानकारी दिए। उनलेपाँच वर्षभित्र कलेजलाई पूर्ण रुपमा तयार गरी पठनपाठन समेत सुरु गर्ने बताउनुभयो । उहाँले सरकारको नीति अनुसार मेडिकल कलेजको लागि जग्गा पहिचान भइसकेको जानकारी दिँदै कलेज सञ्चालनका लागि कार्यालयसमेत स्थापना गरेर काम सुरु गरिएको बताए।

चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्ने उद्देश्य अनुसार बर्दिवास, सुर्खेत र बुटवलमा तीव्र गतिमा काम भइरहेको छ, कलेज निर्माण आयोजना प्रमुख सुवेदीले भने,चालु आर्थिक वर्षमै हामीले सम्भाव्यता अध्ययन गरी माटो परीक्षण गरिसक्ने खबर गोरखापत्र दैनिकमा प्रकाशित छ ।