१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य

वीरेन्द्रको अथाह सम्पत्ति, न्यून आय

वीरेन्द्रको अथाह सम्पत्ति, न्यून आय
अ अ+ अ-

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ। तर थोरैको मात्र उपयोग भएको छ। काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ। अधिकांश राजाकै पालामा प्रतिष्ठानलाई दिइएको थियो।

वीरेन्द्रको सम्पत्ति संरक्षणको जिम्मा पाएको नेपाल ट्रस्टले लिजरभाडाबापत बर्सेनि ७ करोड रुपैयाँ उठाउँदै आएको छ। राजा वीरेन्द्रकै पालादेखि लिजमा लिएका धेरैजसोको अवधिसमेत सकिन लागेको छ। ‘धेरैमा ६र७ वर्ष छ, केहीको सकिनै लागिसकेको छ’, ट्रस्टका सूचना अधिकारी अमृत महर्जनले बताए। ०६४ सालमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनको परिवारको सम्पत्ति राष्ट्रियकरण गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा उपयोग गर्ने भनिए पनि व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानका लिजको अवधि बीचमा थपिएको थियो।

उनका अनुसार गोकर्ण फरेस्ट रिसोर्टले सबैभन्दा बढी रकम तिरिरहेको छ। २ हजार ९ सय ७१ रोपनी ६ आना ३ पैसा १ दाम उपयोग गरिरहेको उसले वार्षिक २ लाख ४० हजार अमेरिकी डलर (२ करोड ६४ लाख रुपैयाँ) ट्रस्टलाई बुझाउँछ। एलएम सुविर ब्रदर्श ९नेपाल० प्रालि र यति होडल्डिङ्स प्रालिले सन १९९५ अगस्ट १६ देखि २०२५ अगस्ट १५ सम्म ३० वर्ष लिजमा लिएको छ। कमलादीको काठमाडौं प्लाजाको भवन पनि राजा वीरेन्द्रको हो। ५ रोपनी २ पैसामा रहेको यो भवन २७ वर्षका लागि कन्सेप्ट डेभलपर्स प्रालिले लिजमा लिएको छ।

त्यहाँबाट वार्षिक ७५ लाख रुपैयाँ ट्रस्टले भाडावापत पाउँछ। ०५० असार ३ देखि ०७७ असार २ सम्म लिजमा छ। उसको लिज अवधि ०६७ वैशाख ५ मा थप गरिएको थियो । लाजिम्पाटस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड रहेका भवन पनि तत्कालीन राजा वीरेन्द्रकै हो। साबिकको काठमाडौं महानगरपालिका–२ स्थित ६ रोपनी १३ आना १ दाममा फैलिएको भवन सन् २००५ मा १५ वर्षका लागि बैंकलाई लिजमा दिइएको हो।

बैंकले भाडाबापत ट्रस्टलाई १ करोड ३ लाख ७१ हजार ३ सय २४ रुपैयाँ तिर्छ। ०६६ पुस २३ गते बैकसँग फेरि सम्झौता गरी लिज अवधि थप गरिएको थियो। १९ रोपनी १२ आनामा रहेको टेकुस्थित बिजनेस पार्क ३० वर्षको लिजमा छ। लिज ०५३ चैत २८ देखि ०८३ चैत २७ सम्म छ। यो जग्गाको अर्बौं मूल्य पर्छ। वार्षिक ४० लाख रुपैयाँ तिर्दै आएको पार्कको अवधि पनि ०६६ माघ ५ फेरि थपिएको थियो। टाउन डेभलपर्स प्रालिले त्यहाँ पार्क सञ्चालन गरिरहेको छ।

नेपाल ट्रस्टको कार्यालय रहेको दरबारमार्गस्थित आफ्नै स्वामित्वमा रहेको १ रोपनी १४ आना १ पैसा जग्गा ३० वर्षका लागि थामसेर्कु ट्रेकिङ प्रालि नक्साललाई दिएको छ। यसले वार्षिक ५० लाख रुपैयाँ बुझाउँछ। ०७४ जेठ १४ देखि २१०४ जेठ १३ सम्म लिजमा दिएको यो जग्गामा भवन बनिरहेको छ। कालिमाटीस्थित ५ रोपनी ६ आना २ पैसा ०.५ दाममा फैलिएको सोल्टी आउटर कम्प्लेक्सका सटर भाडा दिइएको छ। भाडाबापत वार्षिक १५ लाख ४५ हजार ६ सय ट्रस्टले पाउने अन्नपूर्ण पोस्ट दैनिकमा खबर प्रकाशित छ ।