२४ असार २०८३, बुधबार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपडेट : इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३९ को मृत्यु



अ+ अ-

जाकार्ता । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ३९ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु १२ जना हराइरहेका यहाँका सञ्चारमाध्यमले जानकारी दिएका छन् । 

गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वीक्षेत्रमा लुमाजाङ्ग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ । 

प्रभावित क्षेत्रबाट करिब चार हजार व्यक्तिलाई अस्थाई वासस्थानम सारिएको छ । ज्वालामुखी भग्नावशेष, भत्किएका भवन र ध्वस्त भएका सवारीसाधनमा बाँचेका र शव खोज्दै, उद्धारकर्ता खतरनाक परिस्थितिसँग लडिरहेका छन् ।  यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले यहाँ अहिलेसम्म पनि १२ जना व्यक्ति हराइरहेको जानकारी दिनुभयो ।

अपडेट : इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु

इन्डोनेशियामा भीषण ज्वालामुखी : कम्तीमा १३ को मृत्यु

उहाँले हराएका ती व्यक्तिको बारेमा पत्ता लाग्न सकेको छैन, उनीहरु हराएका या मृत्यु भएको पनि हुनसक्ने बताउनु भएको छ ।जाकार्ता समयानुसार गत शनिबार दिउँसो ३ः१० बजे तीन हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो । (रासस-एएफपी)