• ६ श्रावण २०८१, आईतवार
  •      Sun Jul 21 2024
  •   Unicode
Logo
Latest
★   केदारनाथ जाने बाटोमा ढुंगा खसेर लाग्दा ३ श्रद्धालुको मृत्यु, ८ घाइते ★   न्युरोडमा फुटपाथ विस्तारविरुद्ध सडकबाटै काम गर्न थाले वडाध्यक्ष चिनकाजी महर्जन ★   पाकिस्तानी खेलाडीले ग्लोबल टी–२० लिग खेल्न नपाउने ★   काँग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रका कमजोरीहरु सुधार गर्नुपर्छ: महामन्त्री थापा ★   काँग्रेसीहरु पढ्दै पढ्दैनन् भन्ने भाष्य चिर्नुपर्छ: सभापति देउवा ★   एकैदिन एक हजार तीन सयले घट्यो सुनको मूल्य ★   डिभोर्सपछि हार्दिकले भने – नताशासँग बस्न धेरै धैर्यता चाहिन्छ ★   राहुघाट आयोजनाको मुख्य सुरुङ प्राय: पूरा ★   अफ्रिका महादेशमा १५ लाख शिक्षकको अभाव ★   ओलीको नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

तपाईलाई थाहा छ, यौनसम्बन्धी विचित्रका यी अध्ययनहरुको नतिजा ?



काठमाडौं । सेक्ससँग सम्बन्धित समाचार कसैले पनि नजरअन्दाज गर्दैन । फेरि चाहे त्यो खबर वा शोध जतिसुकै अनौठो र विचित्रको किन नहोस्, बिना टाउको र खुट्टाकै किन नहोस् । संसारभर विज्ञ शोधकर्ताहरु पनि यस्ता यस्ता विचित्रका शोध गर्छन कि जसको बारेमा पढेर पत्यार नै लाग्दैन ।

अमेरिकाको न्युयोर्क युनिभर्सिटी र कार्नेल युनिभर्सिटीका शोधकर्ताहरुका अनुसार क्याजुअल सेक्स अर्थात अचानक भएको सेक्सले मानिसभित्र रहेको उत्कन्ठा, चिन्ता र डिप्रेसन कम गर्न सघाउँछ र आत्मविश्वास बढाउन मद्दत गर्दछ ।

शिकागोका स्मेल एन्ड टेस्ट ट्रिटमेन्ट एन्ड रिसर्च फाउन्डेशनले एउटा हाँस्यस्पद खोज गरेका थिए । जसअनुसा र पंपकिन अर्थात फर्सीको महकले पुरुषको निजी अंगमा रगतको प्रवाह बढाउने गर्दछ । त्यसैले यस्ता सबै पुरुष जो यौन सम्पर्कका क्रममा इरेक्शनको समस्या सामना गरिरहेका छन्, उनीहरुले आफ्नो दैनिक डाइटमा फर्सी समावेश गर्नु उत्तम हुनेछ ।

पब्लिक लाइब्रेरी अफ साइन्स जर्नलमा प्रकाशित एउटा अध्ययनअनुसार जुन पुरुषको निजी अंग जति लामो हुन्छ, उनीहरुकी श्रीमतीले उनीहरुलाई धोका दिने सम्भावना त्यति नै बढी हुने गर्दछ ।हालै सार्वजनिक एउटा अध्ययन अनुसार यस्ता पुरुष जो बच्चा सम्हाल्न आफ्नी श्रीमतीलाई सहयोग गर्दछन्, उनीहरुका यौन जीवन सफल रहने गर्दछ । तर, द अमेरिकन सोशियोलजिकल रिभ्युमा प्रकाशित एउटा अर्को अध्ययनलाई मान्ने हो भने जुन जोडी घरको काम र जिम्मेवारीहरुमा एकअर्कालाई सहयोग गर्दछन्, उनीहरु त्यति नै धेरै कम सेक्स गर्दछन् । ति मात्र होइन, यो अध्ययनका अथर्सको कुरा मान्ने हो भने यस्ता पुरुष जो घरको कामकाज जस्तै सफाई, कपडा धुने, भाँडा माज्ने काम गर्दछन्, उनीहरु आफ्नी श्रीमतीसँग कम सेक्स गर्दछन्, त्यस्ता पुरुषको तुलनामा जो घरको कामकाजतर्फ बिल्कुलै ध्यान दिँदैनन्, त्यस्ता पुरुषको यौन जीवन सफल रहने गर्दछ ।