४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको पशुपतिमा अन्त्येष्टि

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको पशुपतिमा अन्त्येष्टि
अ+ अ-

काठमाडौँ : द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको पशुपतिको आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्व श्रेष्ठको आज यहाँ रहेको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको हो । लामो सयमदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराई रहनुभएकी ९२ वर्षीया श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार निधन भएको हो ।

स्व श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँको निधनबाट सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको श्रद्धाञ्जली दिन पशुपति पुगेकाहरूले बताएका थिए ।

आज बिहान उप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्द्र ढकाललगायत विशिष्ट व्यक्ति तथा पर्यटन व्यवसायीहरू द्वारिकाज होटल पुगी श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । आज दिउँसो पशुपतिस्थित विद्युतीय शवदाहगृह नजिक राखिएको स्व श्रेष्ठको पार्थिव शरीरमा पर्यटन व्यवसायी, स्वदेशी तथा विदेशी पर्यटकलगायत आफन्तजनले पुष्पगुच्छासहित माल्यार्पण गर्नाका साथै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

भारतको पटना विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक उत्तीर्ण गर्नुभएकी स्व श्रेष्ठले आफ्ना पतिसँग मिलेर मुलुककै दोस्रो ट्राभल एजेन्सी काठमाडौँ ट्राभल एन्ड टुर्स खोल्नुभएको थियो । काठमाडौँ उपत्यकाको आर्किटेक्चरलाई पुनर्जागृत गर्दै द्वारिकाज होटलको परिकल्पना गरेका उहाँका पति द्वारिकादास श्रेष्ठको सन् १९९२ फेब्रअरी १० मा निधन भएको थियो । द्वारिकाज होटल सन् १९७७ मा दर्ता भएको हो ।रासस