१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरस्वती क्लवद्वारा ‘सरस्वती वाटिका’ कोटेश्वरमा वृक्षारोपण

सरस्वती क्लवद्वारा ‘सरस्वती वाटिका’ कोटेश्वरमा वृक्षारोपण
अ अ+ अ-

काठमाण्डौ। सरस्वती युवा क्लव कोटेश्वरको पहलमा कोटेश्वर चोकमा निर्माण तथा संरक्षण गरिँदै आएको सरस्वती वाटिकामा शनिबार वृक्षारोपण गरिएको छ ।

वाटिकामा भएका पुराना धुपी र अरु केही बोटहरुलाई प्रतिष्थापन गरि सो ठाउँमा नयाँ दुबोका चक्लासहितको बँगैचा बनाएर विभिन्न प्रजातिका २०० वटा फलफूल र फूलका विरुवा रोपिएको हो ।

डिभिजन वन कार्यालय काठमाण्डौले फलफूलका विरुवा नि:शुल्क उपलब्ध गराएको थियो भने अन्य विरुवा र दुवोका चक्ला भने किनेर ल्याइएको क्लवका अध्यक्ष उत्तम भण्डारीले बताए ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख, वरिष्ठ प्रहरी उपरिक्षक बसन्त रजौरे तथा बागमती प्रदेशका सांसदद्वय सुनिल केसी र सोना परियार, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ्ग, निवर्तमान अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, एन्फाका निवर्तमान उपाध्यक्ष एवम् सरस्वती युवा क्लवका पुर्व अध्यक्ष शिक्षित पराजुली, राष्ट्रिय फूटबल टिमका कप्तान किरण चेम्जोङ्ग, पुर्व कप्तान उपेन्द्रमान सिंह, वरिष्ठ पत्रकार बलराम प्यासी, डिभिजन वन कार्यालयका काठमाण्डौका प्रमुख पुष्पराज बर्ताैला, चर्चित हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ लगायतले वृक्षारोपण गरेका थिए ।

यसैगरि सरस्वती युवा क्लवका अध्यक्ष उत्तम भण्डारी, पुर्व अध्यक्षहरु बसन्त दवाडी, बलराम ढकाल, राजेन्द्र न्यौपाने, सरस्वती मावि कोटेश्वरका प्राचार्य पुष्पराज कुँवर, समाज सुधार युवा क्लव कोटेश्वरका अध्यक्ष सुभाष रिमाल, कोटेश्वर व्यवसायी संघका अध्यक्ष गोरख थापा, दिपनगर टोल सुधार समितिका अध्यक्ष नानीकाजी केसी, सामुदायीक सेवा तथा विकास समाजका अध्यक्ष रविन्द्र थापा, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सामुदायीक प्रहरी सेवा कोटेश्वर र स्काउट लगायतले वृक्षारोपण गरेका थिए ।

वृक्षारोपणको आवश्यकता र महत्वबारे आयोजक सरस्वती युवा क्लवका अध्यक्ष उत्तम भण्डारीले प्रकाश पारेका थिए भने पुर्व अध्यक्ष एवम् एन्फाका पुर्व उपाध्यक्ष शिक्षित पराजुलीले विरुवाहरु वितरण गरेका थिए ।

सरस्वती युवा क्लवका पुर्व अध्यक्ष शिक्षित पराजुलीको कार्यकालमा सरस्वती वाटिकाको निर्माण र त्यसको व्यवस्थापन र संरक्षण कार्य सो क्लवले गर्दै आएको छ ।