• २१ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 6 2024
  •   Unicode
Logo
Latest
★   सडकको पहुँचसँगै गाउँघरको निगुरो सहरका भान्सामा ★   आशा जगाउँदैछ कृषि औजार कारखाना ★   पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र ★   बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना ★   बाढीले बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता ★   तीज पर्वः महिला स्वतन्त्रता र सशक्तीकरणको आवाज ★   पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन्ः सभापति देउवा ★   मौलिक संस्कृति र संस्कारको परिधीभित्रै रहेर पर्व मनाउन जरुरी छः उपराष्ट्रपति ★   तीज वर्पले आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निभाएको छः राष्ट्रपति पौडेल ★   आज हरितालिका तीज, देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै

सरस्वती क्लवद्वारा ‘सरस्वती वाटिका’ कोटेश्वरमा वृक्षारोपण



काठमाण्डौ। सरस्वती युवा क्लव कोटेश्वरको पहलमा कोटेश्वर चोकमा निर्माण तथा संरक्षण गरिँदै आएको सरस्वती वाटिकामा शनिबार वृक्षारोपण गरिएको छ ।

वाटिकामा भएका पुराना धुपी र अरु केही बोटहरुलाई प्रतिष्थापन गरि सो ठाउँमा नयाँ दुबोका चक्लासहितको बँगैचा बनाएर विभिन्न प्रजातिका २०० वटा फलफूल र फूलका विरुवा रोपिएको हो ।

डिभिजन वन कार्यालय काठमाण्डौले फलफूलका विरुवा नि:शुल्क उपलब्ध गराएको थियो भने अन्य विरुवा र दुवोका चक्ला भने किनेर ल्याइएको क्लवका अध्यक्ष उत्तम भण्डारीले बताए ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख, वरिष्ठ प्रहरी उपरिक्षक बसन्त रजौरे तथा बागमती प्रदेशका सांसदद्वय सुनिल केसी र सोना परियार, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ्ग, निवर्तमान अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, एन्फाका निवर्तमान उपाध्यक्ष एवम् सरस्वती युवा क्लवका पुर्व अध्यक्ष शिक्षित पराजुली, राष्ट्रिय फूटबल टिमका कप्तान किरण चेम्जोङ्ग, पुर्व कप्तान उपेन्द्रमान सिंह, वरिष्ठ पत्रकार बलराम प्यासी, डिभिजन वन कार्यालयका काठमाण्डौका प्रमुख पुष्पराज बर्ताैला, चर्चित हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ लगायतले वृक्षारोपण गरेका थिए ।

यसैगरि सरस्वती युवा क्लवका अध्यक्ष उत्तम भण्डारी, पुर्व अध्यक्षहरु बसन्त दवाडी, बलराम ढकाल, राजेन्द्र न्यौपाने, सरस्वती मावि कोटेश्वरका प्राचार्य पुष्पराज कुँवर, समाज सुधार युवा क्लव कोटेश्वरका अध्यक्ष सुभाष रिमाल, कोटेश्वर व्यवसायी संघका अध्यक्ष गोरख थापा, दिपनगर टोल सुधार समितिका अध्यक्ष नानीकाजी केसी, सामुदायीक सेवा तथा विकास समाजका अध्यक्ष रविन्द्र थापा, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सामुदायीक प्रहरी सेवा कोटेश्वर र स्काउट लगायतले वृक्षारोपण गरेका थिए ।

वृक्षारोपणको आवश्यकता र महत्वबारे आयोजक सरस्वती युवा क्लवका अध्यक्ष उत्तम भण्डारीले प्रकाश पारेका थिए भने पुर्व अध्यक्ष एवम् एन्फाका पुर्व उपाध्यक्ष शिक्षित पराजुलीले विरुवाहरु वितरण गरेका थिए ।

सरस्वती युवा क्लवका पुर्व अध्यक्ष शिक्षित पराजुलीको कार्यकालमा सरस्वती वाटिकाको निर्माण र त्यसको व्यवस्थापन र संरक्षण कार्य सो क्लवले गर्दै आएको छ ।