२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युरोडमा फुटपाथ विस्तारविरुद्ध सडकबाटै काम गर्न थाले वडाध्यक्ष चिनकाजी महर्जन



तस्बिर:सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा गरिरहेको फुटपाथ विस्तारविरुद्ध विरोध जनाउदै वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले सडकबाटै कामकाज थालेका छन् ।

फुटपाथ विस्तारको विरोध गर्दै आएका वडाध्यक्ष महर्जनले २२ वडाका सम्पूर्ण कामकाज सडकबाट थालेका हुन् ।

फुटपाथ बिस्तार निर्णय फिर्ता नभएसम्म सडकबाटै कामकाज हुने उनले बताए । उनले धर्मपथ सडक खण्डको नेपाल बैंक जाने सडकमा धर्नाको लागि बनाएको पालभित्र कुर्सी टेबल राखेर आफ्नो कार्य क्षेत्र बनाएका छन् ।

तर, महानगरपालिकाले फुटपाथ विस्तार गर्न लागेको न्युरोड क्षेत्र भने वडा नम्बर २४ मा पर्छ । यसअघि पनि कार्यपालिका बैठकमा महर्जनले विरोध जनाएका थिए । फुटपाथ विस्तारको काम वडा नम्बर २४मा भएकाले वडा नम्बर २२का वडाध्यक्षले आपत्ति जनाउनुपर्ने विषय नरहेको मेयर बालेन शाहको भनाई छ ।