१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक अनुशासन, पारदर्शिता र जबाफदेहिता सबैभन्दा महत्वपूर्ण: अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जबाफदेहिता सबैभन्दा महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल चार्टर एकाउन्टेन्ट संस्थाले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेलले राज्यका निकायमा चार्टर एकाउन्टेन्ट नियुक्ति गरी लेखा परीक्षणको व्यवस्था मिलाउनु पर्ने बताउनुभयो । यसका लागि केही समय लाग्ने भए पनि आफूले पहलकदमी लिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पौडेलले अहिले देशमा आर्थिक समस्या देखिएको बताउनुभयो । ‘देशमा जे जस्ता आर्थिक समस्या देखिएका छन्, ती आर्थिक समस्या समाधान गर्दै पछिल्ला दिनमा जुन प्रकारको निराशा देखिएको छ, जुन प्रकारको आर्थिक शिथिलता देखिएको छ, त्यो आर्थिक शिथिलताको अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नको लागि र निराश चिर्नको लागि लाग्नु पर्ने छ’, उहाँले भन्नुभयो ।

हामी हाम्रो देशलाई समृद्ध बनाउन सक्छौँ, आर्थिक क्षेत्रका यावत समस्याको सार्थक पहलकदमी लिएर समाधान गर्न सक्छौँ भन्ने सन्देश बोकेर काम गर्नुपर्ने पौडेलले बताउनुभयो । ‘हामी सम्मानित नागरिकका हैसियतले दुनियाँका सामनेमा परिचित हुन सक्छौँ भन्ने सन्देश दिने गरी अगाडि बढ्नका लागि हार्दिकतापूर्वक अनुरोध गर्दछु’, उहाँले भन्नुभयो ।

तस्बिर:रासस