४ भाद्र २०८३, बिहीबार
,
Latest
वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे समीक्षा गर्ने समाज कल्याण परिषद्माथि खगेन्द्र सुनारको प्रश्न : ‘वैदेशिक सहयोगको परिणाम खोइ?’ ‘अख्तियारमाथि कार्यकारी हस्तक्षेप बन्द गरौँ, स्वतन्त्र रूपमा काम गर्न दिऔँ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी खेलाडीले ग्लोबल टी–२० लिग खेल्न नपाउने



अ+ अ-

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले बाबर आजम, मोहम्मद रिजवान र शाहीन शाह अफ्रिदीलाई ग्लोबल टी–२० क्यानडा लिगमा सहभागी हुन नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिन अस्वीकार गरेको छ ।

ग्लोबल टी–२० क्यानडा लिग जुलाई २५ देखि अगस्ट ११ सम्म आयोजना हुँदैछ । लिगको तालिका पाकिस्तानको कुनै शृङ्खला वा खेलसँग बाझिएको छैन ।

तर पनि खेलाडीले एनओसी पाउने छैनन् । यसअघि नसिम शाहलाई पनि द हन्ड्रेडमा सहभागी हुन एनओसी दिइएको थिएन । अगस्ट २०२४ देखि मार्च २०२५ सम्मको पाकिस्तानको व्यस्त क्रिकेट क्यालेन्डरलाई ध्यानमा राख्दै बोर्डले यो निर्णय गरेको हो ।

प्रेस विज्ञप्ति जारी गर्दै पीसीबीले बोर्डले ग्लोबल टी–२० प्रतियोगिताका लागि बाबर आजम, मोहम्मद रिजवान र शाहीन अफ्रिदीलगायत अन्य खेलाडीहरूबाट एनओसी अनुरोध प्राप्त गरेको जनाएको छ ।

अगस्ट २०२४ र मार्च २०२५ को बीचमा पाकिस्तानको व्यस्त क्रिकेट क्यालेन्डरलाई ध्यानमा राख्दै र तीनै खेलाडी र राष्ट्रिय चयन समितिसँगको परामर्शपछि बोर्डले उनीहरूको अनुरोध अस्वीकार गर्ने निर्णय गरेको हो ।

तीनैजना सबै ढाँचाका क्रिकेटर हुन् र उनीहरूको सेवा आगामी आठ महिनामा आवश्यक हुने अपेक्षा गरिएको छ, जसमा पाकिस्तानले ९ टेस्ट, १४ एकदिवसीय र नौ टी–२० खेल खेल्नेछ ।




भर्खरै