१२ बैशाख २०८२, शुक्रबार
,
Latest
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि अजरबैजान पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्छः काँग्रेस सांसद महत भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जनका लागि सघाउनुपर्छः काँग्रेस सांसद महत राजनीतिक मसला नपाएपछि प्रचण्डले सरकार ढल्ने भ्रम फैलाएः महेश बर्तौला एनएसएलको विजेताले ८० लाख पाउने हावा र सौर्य ऊर्जा क्षमता पहिलो पटक थर्मलभन्दा बढी: चीन देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिवद्ध छुः शिक्षामन्त्री पन्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस टापुमा १.६० लाख मानिसलाई जिउँदै जलाइएको थियो !



अ+ अ-

एजेन्सी । सारा संसार रहस्यले भरिएको छ । वैज्ञानिकहरूले वर्षौंदेखि यी रहस्यहरू पत्ता लगाउन प्रयास गरिरहेका छन्, तर अहिलेसम्म सफल हुन सकेका छैनन् ।

यसमा विश्वका रहस्यमय टापुहरू पनि पर्छन् । यो थाहा पाउँदा तिम्रो आत्मा काँप्नेछ । इटालीमा एउटा यस्तो टापु छ, जहाँ गएका कोही पनि फर्केका छैनन् ।

आज हामी तपाईलाई यस रहस्यमय टापुको बारेमा विस्तृत जानकारी दिनेछौँ ।

यस टापुमा हरेक दिन रहस्यमय घटनाहरू भइरन्छन् । जसका कारण यो टापु विश्वभर चर्चामा छ । यो रहस्यमय टापु भेनिसको खाडीमा भेनिस र इटालीको लिडो शहरको बीचमा अवस्थित छ । जसको नाम पोभेग्लिया आइल्याण्ड रहेको छ ।

रिपोर्टका अनुसार धेरैले यस टापुको रहस्य सुल्झाउने प्रयास गरे तर सफल भएनन् । सबैभन्दा अचम्मको कुरा यो हो कि जो कोही टापुमा गएका थिए जिउँदै फर्किएनन् । जसका कारण इटाली सरकारले यो रहस्यमय टापुमा जान प्रतिबन्ध लगाएको छ ।

भनिन्छ, सयौं वर्षअघि इटालीमा प्लेगको महामारी थियो । यो महामारीले डरलाग्दो रुप लियो । त्यतिबेला यो महामारीको कुनै उपचार थिएन । जसका कारण यहाँको सरकार चिन्तित बन्यो ।

सरकारलाई यो रोग फैलिने डर थियो । जसका कारण सरकारले यस टापुका करिब १ लाख ६० हजार मानिसलाई जिउँदै जलाएको थियो । त्यसपछि यहाँ ब्ल्याक फिभर नामक रोग पनि फैलिन थाल्यो ।

त्यसपछि सरकारले उनीहरुको शव पनि यही टापुमा गाड्ने निर्णय गरेको थियो । त्यसयता स्थानीय जनताले यस टापुलाई श्रापित मानेका छन् । भनिन्छ, जलेका मानिसहरूको आत्मा अहिले पनि यहाँ घुम्छ । धेरै मानिसहरूले यहाँ आत्माहरू देखेको दाबी गरेका छ न्। यस टापुबाट अनौठो आवाज पनि सुनिएको दाबी गरिएको छ ।

यस टापुमा हुने रहस्यमयी घटनाका कारण इटाली सरकारले मानिसहरुलाई यहाँ जान प्रतिबन्ध लगाएको छ । यो टापु विश्वको सबैभन्दा डरलाग्दो ठाउँमा पर्छ ।