४ भाद्र २०८३, बिहीबार
,
Latest
वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे समीक्षा गर्ने समाज कल्याण परिषद्माथि खगेन्द्र सुनारको प्रश्न : ‘वैदेशिक सहयोगको परिणाम खोइ?’ ‘अख्तियारमाथि कार्यकारी हस्तक्षेप बन्द गरौँ, स्वतन्त्र रूपमा काम गर्न दिऔँ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिभोर्सपछि हार्दिकले भने – नताशासँग बस्न धेरै धैर्यता चाहिन्छ



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेटर हार्दिक पाण्ड्या र अभिनेत्री नताशा स्टान्कोभिक अलग भएका छन् । दुवैले जुलाई १८ को रात सामाजिक सञ्जालमा आफूहरु छुट्टिएको पुष्टि गरेका थिए ।

दुवैले २०२० मा विवाह गरे र त्यसको लगत्तै छोरा अगस्त्यको जन्म भयो । कोभिडको समयमा दुवैले हतारमा विवाह गरेका थिए तर २०२३ मा राजस्थानको उदयपुरमा उनीहरुले ठुलो धमाधम विवाह गरेका थिए ।

यस क्रममा हार्दिकले नताशासँगको सम्बन्धको बारेमा कुरा गरेका थिए जसको भिडियो भाइरल भइरहेको छ । हार्दिकले नताशासँग बस्न सजिलो नभएको संकेत गरेका थिए ।

उनले भनेका थिए, ‘अब मैले हरेक कुराको समाधान खोज्न थालेको छु किनभने उनले मलाई समाधान खोज्न सिकाइन् । यसका साथै नताशासँग बस्न धेरै धैर्यता चाहिने भएकाले मैले पहिलेभन्दा धेरै धैर्य गर्न सिकेको छु ।’

१८ जुलाईमा सम्बन्धविच्छेदको घोषणा गर्दै हार्दिकले सामाजिक सञ्जालमा लेखे –‘४ वर्ष सँगै बसेपछि नताशा र मैले अलग हुने निर्णय गरेका छौं । हामीले सँगै धेरै प्रयास गर्यौं र सबै दियौं । अब हामी दुवै छुट्टिएर बस्नु नै राम्रो हो भन्ने लाग्छ ।’

हार्दिक र नताशाको सम्बन्ध विच्छेदको खबर धेरै दिनदेखि आइरहेको थियो । टी–२० विश्वकपमा भारतको जित भए पनि नताशाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा पनि पोस्ट गरिनन् । अहिले नताशा आफ्नो घर पुगेकी छिन् जहाँबाट उनले केही तस्विर पनि पोस्ट गरेकी छिन् ।




भर्खरै