• २१ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 6 2024
  •   Unicode
Logo
Latest
★   हरितालिका (तीज): पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भीड – फोटोफिचर ★   सुनको मूल्यमा कीर्तिमान, तोलामै एक हजार तीन सयले बढ्यो ★   पाराओलम्पिकमा कास्य पदक विजेता पलेशालाई प्रचण्डद्वारा सम्मान ★   विश्व फुटबलमा रोनाल्डोले राखे अर्को कीर्तिमान ★   महिलाको जीवनमा गुणात्मक रुपान्तरण ल्याउनु प्रमुख कार्यभारः अध्यक्ष दाहाल ★   चाडपर्वले विविधताभित्रको एकतालाई बलियो बनाउँदै आएको छः सभामुख घिमिरे ★   तीज पर्व सशक्तीकरणको प्रतीकः अध्यक्ष दाहाल ★   पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध, यात्रुलाई सास्ती ★   पहिरोले विभिन्न स्थानका सडक अवरुद्ध ★   सडकको पहुँचसँगै गाउँघरको निगुरो सहरका भान्सामा

काँग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रका कमजोरीहरु सुधार गर्नुपर्छ: महामन्त्री थापा



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरुको सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार ४२ औं बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस केन्द्रिय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले काँग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्र रहेका कमजोरी पहिचान गर्ने र आफूभित्रकै क्षमता खोज्नुपर्ने बताउनु भयो । उहाँले काँग्रेसभित्र पठन संस्कृति छ भन्नेकुराको पुस्तकालय उद्घाटन कार्यक्रमले पनि प्रमाणित गर्ने बताउनु भयो । उहाँले पठन संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले काँग्रेसले गर्ने बहस आम नागरिकलाई सुचित गर्ने र तथ्यमा आधारित हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसले आफूलाई नयाँ बनाउनका लागि परपर खोज्न जाने होइन । आफैँ भित्र खोज्नुपर्छ । हामसिँगै छ त्यो । हामीभित्रै छ । त्यसैले पठन संस्कृतिलाई फेरि एक पटक नेपाली काँग्रेसभित्र छ, तर अझै यसलाई बढाउनु पर्छ । अझ उज्यालो बनाउनु पर्छ । नेपाली काँग्रेसको साथीहरु विभिन्न जिम्मेवारीमा हुनुहुन्छ, हाम्रो लाखौँ साथीहरु हुनुहुन्छ । नेपाली काँग्रेसको साथीहरुले जहाँ छलफलमा भाग लिनुहुन्छ, हामीले गर्ने बहसको पाटो त्यो सुचित बहस नै हो । त्यो तथ्यमा आधारित हुनुपर्छ । हामी बहकिनु हुँदैन । हाम्रो जिम्मेवारी हो । त्यसका निम्ति पनि पठन संस्कृति अनिवार्य छ । त्यसका लागि पुस्तकालयले प्रेरित गर्दछ । हामीलाई एउटा श्रोत केन्द्र पनि चाहिएको छ ।’

महामन्त्री थापाले काँग्रेसलाई श्रोत केन्द्रको आवश्यकता रहेको पनि बताउनु भयो ।