१६ असार २०८३, मंगलवार
,
Latest
विद्यार्थी सङ्गठनका संरचना हटाउने पत्रप्रति स्ववियू सभापतिहरूको आपत्ति, विश्वविद्यालयको स्वायत्तता जोगाउन माग भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा चाँद ईराकी चयन भन्सार विभागको नेतृत्व फेरियो, भरतमणि पाण्डे बने निमित्त महानिर्देशक सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘केजीएफ २’ मा रवीनाले इन्दिरा गान्धीको भूमिका निभाउने



अ+ अ-

एस स्टारर कन्नड फिल्म ‘केजीएफ’ च्याप्टर १ को सिक्वेलको अहिले धमाधम छायांकन भइरहेको छ । पहिलो पार्ट सुपरडुपर हिट भएपछि मेकर्सले ‘केजीएफ २’ को ठूलो स्केलमा प्लान गरिरहेका छन् । फिल्ममा बलिउड अभिनेत्री रवीना टण्डनलाई कास्ट गरिएको छ । तर, फिल्ममा उनको रोललाई लिएर भने कुनै खुलासा भएको छैन ।

प्राप्त जानकारी अनुसार, ‘केजीएफ २’ मा रवीनाले भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाउने छिन् ।

फिल्मको लागि रविना टन्डनको यो भूमिका अहम हुनेछ ।’ यो फिल्मको सुटिङ सुरु भइसकेको छ । सिक्वेल फिल्म पहिलो पार्ट भन्दा बढी राम्रो हुनेछ । ठूलो बजेटको पिरियड ड्रामा ‘केजीएफ–२’लाई प्रसान्त नीलले निर्देशन गर्दैछन् ।

पहिलो पार्ट ‘केजीएफ’लाई हिन्दी दर्शकहरुले समेत राम्रो साथ दिएका थिए । बक्स अफिसमा यशको ‘केजीएफ’सँग शाहरुख खान र अनुष्का शर्मा स्टारर् फिल्म ‘जिरो’ले भिडन्त गरेको थियो । यसरी किङ खानको फिल्मसँग बक्स अफिसमा भिडन्त गर्दा पनि हिन्दी भर्सनमा ‘केजीएफ’ले राम्रो कमाई गरेको थियो । फिल्ममा यशको लुक्स निकै इम्प्रेसिभ थियो ।

यो फिल्ममा यश र रविना टण्डनका साथमा सञ्जय दत्तको नाम पनि बाहिरिएको छ, तर अफिसियल्ली घोषणा भने गरिएको छैन ।

यो चलचित्रका लागि निर्माण युनिटले कुनै पनि कुरामा कञ्जुस्याँइ नगर्ने बताएको छ । महंगो बजेटमा बन्ने यो चलचित्रलाई प्रशांन्त निलले निर्देशन गरिरहेका छन् ।

एसको अभिनयले निकै प्रशंसा पाएको चलचित्रमा रविनासँगै सञ्जय दत्तको नाम पनि बाहिरिएको छ तर उनको भूमिका र अनुबन्धित भइसकेको बारे कुनै खुलासा गरिएको छैन । ‘केजीएफ’ बाट राम्रो स्टार्डम कमाएका यशलाई फेरि ‘केजीएफ २’ मा हेर्न उनका फ्यानहरु प्रतिक्षा गरिरहेका छन् ।

‘केजीएफ’ले ग्लोबल मार्केटमा पनि राम्रो प्रतिक्रिया पाएको थियो । फिल्मलाई कन्नडसँगै हिन्दी, तेलुगू, तमिल र मलयालम भाषामा पनि रिलिज गरिएको थियो । प्रशान्त निलको निर्देशनमा बनेको यो फिल्मले शाहरुख खानको फिल्म ‘जिरो’ लाई टक्कर दिएको थियो ।




भर्खरै