२३ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको ‘लेउ/खिया’ पखाल्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

जेन–जी विद्रोहको प्रथम वार्षिकोत्सव तथा माओवादी सशस्त्र संघर्षका शहीद सुरेश वाग्लेको स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले दुवै ऐतिहासिक घटनाको संयोगलाई अर्थपूर्ण रूपमा व्याख्या गरेका हुन्।

उनले भाद्र २३ लाई ‘जेन–जी शहीद दिवस’का रूपमा स्मरण गर्दै ऐतिहासिक जेन–जी विद्रोहमा जीवन गुमाएका सबैप्रति श्रद्धाञ्जली र आन्दोलनका योद्धाहरूप्रति सम्मान व्यक्त गरेका छन्। सोही दिन माओवादी सशस्त्र संघर्षका क्रममा पार्टीमा उच्च जिम्मेवारीमा रहेका सुरेश वाग्लेले शहादत प्राप्त गरेको स्मरण गर्दै भट्टराईले उनीप्रति पनि श्रद्धासुमन अर्पण गरेका छन्।

भट्टराईले इतिहासका महत्वपूर्ण घटना र व्यक्तिहरू आवश्यकता र आकस्मिकताको योगबाट जन्मिने उल्लेख गर्दै जेन–जी दिवस र सुरेश वाग्ले स्मृति दिवस एकै दिन पर्नुलाई नेपाली इतिहासको त्यस्तै संयोग हुन सक्ने बताएका छन्।
उनका अनुसार नेपाली जनक्रान्तिको सांगोपांगो इतिहास अझै लेखिन बाँकी छ।

उक्त इतिहास लेखिँदा वि.सं. १९९० को दशकदेखि सुरु भएको आधुनिक लोकतान्त्रिक आन्दोलनका विभिन्न खुड्किलामध्ये माओवादी सशस्त्र संघर्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा निर्णायक भूमिका खेलेको र जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन तथा भ्रष्टाचारविरुद्ध महत्वपूर्ण हस्तक्षेप गरेको देखिनेछ।

भट्टराईले लोकतन्त्र कुनै एकपटक प्राप्त भएर समाप्त हुने व्यवस्था नभई विभिन्न ऐतिहासिक खुड्किला पार गर्दै अघि बढ्ने ‘अविरल प्रक्रिया’ भएको समेत बताएका छन्।