२३ भाद्र २०८३, मंगलवार
,
Latest
बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग



अ+ अ-

काठमाडौँ। यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण सडक सञ्जालबाट विच्छेद रहेको रसुवाको उत्तरगया गाउँपालिका–२ मा नेपाल रेडक्रस सोसाइटीले आवश्यक खाद्य सामग्री वितरण गरेको छ ।

नेपाल रेडक्रसले हेलिकप्टर मार्फत ती अत्यावश्यक सामग्री पु¥याएर  ६० घरधुरीका स्थानीयवासीलाई वितरण गरेको हो । यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण उत्तरगया–२ हालसम्म पनि सडक सञ्जालबाट विच्छेद छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय  महासंघ (आइएफआरसी) को सहयोगमा ती घरधुरीलाई आवश्यक खाद्य समग्री वितरण गरिएको सोेसाइटीले जनाएको छ ।  ती सामग्री नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा विशालकुमार  भण्डारी लगायत स्वयंसेवकले वितरण गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, “भोटेकोशी नदीको बाढीबाट उत्पन्न विपद्को तत्काल प्रतिकार्यमा नेपाल रेडक्रसका स्वयंसेवक अहोरात्र तल्लीन छन् । स्वयंसेवक रसुवा, नुवाकोट तथा धादिङको बाढी अतिप्रभावित स्थानमा खोज, उद्धार तथा राहत वितरणमा सहजीकरण एवं समन्वय गरिराखेका छन् । यसक्रमा बाढी प्रभावितलाई आवश्यक सामग्री वितरणको क्रम जारी छ ।”

आजदेखि रेडक्रस आपत्कालीन क्लिनिक सञ्चालनमा

सोसाइटीले बाढीप्रभावित नुवाकोटको विदुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आजदेखि रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउँदै छ । नुवाकोट आदर्श बहुमुखी क्याक्पस  बट्टार परिसरमा सञ्चालन हुने सो क्लिनिकमार्फत ‘होल्डिङ सेन्टर’मा रहेका बाढीप्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरिने छ ।

सोसाइटीले दिएको जानकारीअनुसार यस्तो सेवामा बहिरङ्ग सेवा, मनोसामाजिक परामर्श तथा स्वास्थ्य परामर्श, चिकित्सकको सिफारिसअनुसार औषधि सेवा, समुदायमा स्वास्थ्य तथा सरसफाइ प्रवर्द्धनसम्बन्धी मोबाइल सेवा र प्रेषण (रेफरल) रहेका छन् ।  रासस