१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीको विदाई, भरत र विमल टीममा परेनन्



अ+ अ-

काठमाडौं । मलेसिया र चाइनिज ताइपेइविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने नेपाली फुटबल टिमलाई विदाई गरिएको छ ।

अखिल नेपाल फुटबल सघं (एन्फा) ले मलेसिया र चाइनिज ताइपेसँग खेल्ने नेपाली टिमलाई आज सातदोबाटोमा विदाई गरेको हो । नेपाली टिम बिहीबार नै मलेसिया प्रस्थान गर्नेछ ।

विराज महर्जनको कप्तानीमा रहेको नेपालले जुन २ तारिखमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, जुन ६ तारिखमा चाइनिज ताइपेसँग उसैको भूमिमा प्रतिस्पर्धा गर्दैछ ।

नेपाली टीममा पहिलो पटक अभिषेक रिजालले स्थान बनाएका छन् । पुराना अनुभवी खेलाडी जगजित श्रेष्ठ भने टिममा परेका छैनन् ।

यता आर्मीका कप्तान भरत खवास, हेमन गुरुङ र विमल घर्तीमगर टिममा छैनन् । उनीहरु चोटका कारण टीममा पर्न असफल भएका एन्फाले जानकारी दिएको छ ।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु

डिफेन्स : विराज महर्जन (कप्तान), सरोज दाहाल, रन्जित धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल

मिडफिल्ड: सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ,

फरवार्ड : विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल र अञ्जन विष्ट ।




भर्खरै