१८ भाद्र २०८३, बिहीबार
,
Latest
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराकी बिस्फोटनमा चारको मृत्यु



अ+ अ-

बग्दाद । इराकको किर्कुक शहरमा बिहीबार भएको शक्तिशाली बिस्फोटनमा कम्तीमा चार जनाको ज्यान जानुका साथै अरु २० जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार किर्कुकको मुख्य सडकमा छ वटा बम बिस्फोट गराइएको थियो । किर्कुक राजधानी बग्दादबाट करिब २५० किलोमिटर उत्तरमा रहेको छ ।

किर्कुकका प्रान्तीय प्रहरी प्रवक्ता अम्मार अल जुबोरीले उक्त बिस्फोटका कारण एक जना प्रहरीको पनि मृत्यु भएको जानकारी दिनुभयो ।

सुरक्षाकर्मीले किर्कुक बिस्फोटका बारेमा अनुसन्धान थालेको छ । सडकमा बम राख्दै गरेको देखिएका दुई वटा शंकास्पद कारको खोजी भइरहेको उहाँले बताउनुभयो ।

मिश्रित जातीय बसोबास रहेको किर्कुकको केही भाग अर्ध स्वशासित कुर्दिस्तान पनि रहेको छ ।
उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन, तर इस्लामिक स्टेट्सले किर्कुकमा सुरक्षाफौजमाथि लक्षित गरी निरन्तर आक्रमण गर्ने गरेका छन् । यही समूहले मानिसहरुको भिडभाड हुने स्थान, बजार, कफि पसल तथा मस्जिदलाई पनि लक्षित गर्ने गरेका छन् ।

सन् २०१७ मा इराकी सुरक्षाफौजले आइएसलाई पराजित गरेयता ठूला आक्रमणका घटनामा नाटकीय रुपमा कमी आएको छ । तर आइएसका लडाकूहरु अझै पनि शहरी इलाकामा लुकेर बसेका र बेलाबखत आक्रमण गर्ने गरेको देखिएको छ ।




भर्खरै