६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराकी बिस्फोटनमा चारको मृत्यु



अ+ अ-

बग्दाद । इराकको किर्कुक शहरमा बिहीबार भएको शक्तिशाली बिस्फोटनमा कम्तीमा चार जनाको ज्यान जानुका साथै अरु २० जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार किर्कुकको मुख्य सडकमा छ वटा बम बिस्फोट गराइएको थियो । किर्कुक राजधानी बग्दादबाट करिब २५० किलोमिटर उत्तरमा रहेको छ ।

किर्कुकका प्रान्तीय प्रहरी प्रवक्ता अम्मार अल जुबोरीले उक्त बिस्फोटका कारण एक जना प्रहरीको पनि मृत्यु भएको जानकारी दिनुभयो ।

सुरक्षाकर्मीले किर्कुक बिस्फोटका बारेमा अनुसन्धान थालेको छ । सडकमा बम राख्दै गरेको देखिएका दुई वटा शंकास्पद कारको खोजी भइरहेको उहाँले बताउनुभयो ।

मिश्रित जातीय बसोबास रहेको किर्कुकको केही भाग अर्ध स्वशासित कुर्दिस्तान पनि रहेको छ ।
उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन, तर इस्लामिक स्टेट्सले किर्कुकमा सुरक्षाफौजमाथि लक्षित गरी निरन्तर आक्रमण गर्ने गरेका छन् । यही समूहले मानिसहरुको भिडभाड हुने स्थान, बजार, कफि पसल तथा मस्जिदलाई पनि लक्षित गर्ने गरेका छन् ।

सन् २०१७ मा इराकी सुरक्षाफौजले आइएसलाई पराजित गरेयता ठूला आक्रमणका घटनामा नाटकीय रुपमा कमी आएको छ । तर आइएसका लडाकूहरु अझै पनि शहरी इलाकामा लुकेर बसेका र बेलाबखत आक्रमण गर्ने गरेको देखिएको छ ।