१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोलामा खडेरीले पानी सुकेपछि अर्नालाई बोरिङबाट पानी आपूर्ति



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको अर्ना संरक्षित क्षेत्रको खोलामा खडेरीले पानी सुकेपछि बोरिङबाट पानी आपूर्ति गरिएको छ । पहिलोपटक खडेरीले त्यहाँको खहरे र बाह्रमासे खोला सुकेपछि दुई हप्तादेखि बोरिङमार्फत १२ अर्नालाई चाहिने पानी आपूर्ति गरिएको हो ।

खडेरीकै कारण निकुञ्जको अन्य खोलाका मुहान पनि सुक्दै जाने क्रममा रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए ।

पुरानो पदमपुर क्षेत्रको ३० हेक्टर क्षेत्रफलको विद्युतीय तारबारसहित अर्ना राखिएको ठाउँमा दुई हप्तादेखि जेनेरेटरको सहयोगमा दैनिक तीन घण्टाका दरले पानी खोलामा आपूर्ति गरिएको छ ।

उनका अनुसार पानी घट्दै गएपछि सो खोलाको मुहानदेखि तल्लो भागसम्म सफा पनि गरिएको थियो । सफा गर्दा पानी सुक्ने क्रम नरोकिएपछि अर्नालाई आहाल खेल्न र पानी खान समस्या देखेपछि खोलामा प्लाष्टिक बिच्छ्याएर पानी आपूर्ति गर्ने गरिएको छ ।

राप्ती नदीसँग जोडाएर तारबार गरिए खडेरीमा वन्यजन्तुलाई पानी उपभोग गर्न सहज हुने र वर्षात्को समयमा अहिलेकै ठाउँमा बस्न सक्ने उनको भनाइ छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत डा बाबुराम लामिछानेले यो क्षेत्रमा दुई खोलामध्ये एउटा खोलामा वर्षाको समयमा पानी हुने गरेको र अर्को खोलामा बाह्रैमास पानी हुने गरेको बताए ।

लामिछानेले बाह्रैमास पानी हुने खोलाको नजिक विसं २०५२ अगाडि पुरानो पदमपुरको गाउँ थियो । गाउँ स्थानान्तरण भएपछि सरसफाइ नभएकाले पानीको सतह तल्लो भागमा गएको हुनसक्ने उनको भनाइ छ ।
निकुञ्जले तीन वर्षअघि कोशीटप्पु र शुक्लाफाँटाबाट अर्ना र बाह्रसिङ्गे प्रजातिको सङ्ख्या विस्तार गर्न यहाँ ल्याएर राखेको थियो ।




भर्खरै