६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा बैठक बिना निष्कर्ष टुंगियो, भोलि फेरि बस्ने



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहिबार (भोलि) केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन टुंग्याउने भएको छ।

मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको सचिवालय बैठकअघिनै सहमति जुटाउने गरी चार नेताको बैठक बिहानैदेखि प्रधानमन्त्री निवासमा बसेको थियो । तर कार्यविभाजनको किचलो भएपछि आज अन्तिम रुप दिने भनिएतापनि जिल्लाका इन्चार्ज र सहइन्चार्जबारे छिनोफानो गर्न बसेको सचिवालय बैठक निष्कर्षमा नपुगी सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो करिब साढे दुई घन्टा बसेको सचिवालय बैठक नेताहरुलाई दोहोरो जिम्मेवारी दिने या नदिने भन्ने विषयमा मत नमिलेपछि बिनानिष्कर्ष टुंगिएको हो।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जिल्ला कमिटीमा इन्चार्ज र सहइन्चार्ज चयन र चयनका नीतिबारे विभिन्न पाटा र पक्षहरुबाट छलफल भएको बताए।

बैठकले केन्द्रीय कमिटी सदस्यको कार्यविभाजनबारे छलफल प्रारम्भ गरे पनि पूर्णता नपाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो करिब साढे दुई घन्टा बसेको सचिवालय बैठक नेताहरुलाई दोहोरो जिम्मेवारी दिने या नदिने भन्ने विषयमा मत नमिलेपछि बिनानिष्कर्ष टुंगिएको हो।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जिल्ला कमिटीमा इन्चार्ज र सहइन्चार्ज चयन र चयनका नीतिबारे विभिन्न पाटा र पक्षहरुबाट छलफल भएको बताए।

 एउटै विभागको नेतृत्वका लागि धेरै नेताहरू आकांक्षी हुँदा विभिन्न विभागहरूका नेतृत्वबारे निर्णय गर्न सकेको छैन।

संगठन, आर्थिक, प्रचार, पार्टी स्कुललगायत विभागमा धेरै नेताहरुको दाबी छ।गत वर्ष जेठमा पार्टी एकीकरणको घोषणा हुँदा तीन महिनाभित्र कार्यविभाजन सक्ने भनिएको थियो।

वर्षदिन बित्दासमेत नेकपामा दोस्रो तहभन्दा तलका नेता कार्यकर्ता जिम्मेवारीविहीन छन्।जारी छलफलमा चार नेताबीच मोटामोटी सहमति भएमात्रै दिउँसो सचिवालय बैठक बस्ने स्रोतको भनाइ छ।