६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ रोज्यो



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेट दक्षिण अफ्रिकाले भारतविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

इंग्ल्यान्डको साउथह्याम्पटनमा केहीबेरपछि सुरु हुने खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्न लागेको हो । दुबै टिमले पहिलो जितको खोजिमा हुनेछन् ।

जारी विश्वकपमा भारतको यो पहिलो खेल हो भने दक्षिण अफ्रिकाको यो तेस्रो खेल हुनेछ ।

पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको दक्षिण अफ्रिका निकै संकटमा देखिएको छ । आजको खेलमा पनि दक्षिण अफ्रिका पराजित भएमा उसको विश्वकप यात्रा निकै कठिन हुनेछ ।

यता, भारत भने कमजोर देखिएको दक्षिण अफ्रिकाविरुद्ध स्पष्ट जित हात पार्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा छ ।

दक्षिण अफ्रिका प्लेइङ इलाभेन

फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डी कक, हसिम अमला, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, तब्राइज शाम्सी र एन्डिल फेहलुकवाओ ।

भारत प्लेइङ इलाभेन

विराट कोहली (कप्तान), रोहित शर्मा, युजभिन्द्र चाहाल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, केएल राहुल,  जस्प्रित बुमराह, शिखर धवन, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या।