२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्टमा आठ अर्धसैनिकको मृत्यु



अ+ अ-

कायरो । सिनाई प्रायःद्वीपमा बुधबार आतङ्ककारीहरुले इजिप्टका आठ अर्धसैनिकको हत्या गरेका छन् । लामो समयदेखि जिहादी आतङ्ककारीहरुले यस शहरमा हिंसा मच्चाइरहेका छन् ।

चिकित्सकहरुले आक्रमणबाट आठ सुरक्षा अधिकारीको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

सुरक्षा अधिकरीहरुकाअनुसार आतङ्ककारी समूहले गोली चलाएपछि सुरक्षाबलले जवाफी कारबाही गरेको थियो । इजिप्टमा राष्ट्रपति मोहमद मोर्सीलाई सैनिकले अपदस्थ गरेयता आतङ्ककारीहरुको आक्रमणमा परी सयौँ सुरक्षाकर्मीको मृत्यु भइसकेको छ ।

बुधबार बिहान सबेरै भएको यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन ।
विशेषगरी उत्तरी सिनाईमा सन् २०१८ को फेब्रुअरीदेखि सरकारी सुरक्षाफौजले आतङ्ककारीविरुद्ध भीषण आक्रमण शुरु गरेको थियो ।

सन् २०१८ को फेब्रुअरीदेखि हालसम्म यस कारबाहीमा परी ६५० भन्दा बढी आतङ्ककारी मारिएका छन् । त्यसैगरी यस कारबाहीको क्रममा ५० सैनिकको पनि ज्यान गएको छ ।