१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारस खड्काको कप्तानीमा रहेको प्रदेश ३ लाई हराउदै आर्मी फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं । विभागीय टिम आर्मी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा आर्मीले प्रदेश ३ लाई ११७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

३१० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश ३ ले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १९२ रन मात्रै बनाउन सक्यो ।

प्रदेश ३ का लागि इशान पाण्डेले ७९ रन बनाएपनि जित दिलाउन सकेनन् । त्यस्तै, ज्ञानेन्द्र मल्लले २६ रन बनाउँदा कप्तान पारस खड्काले १९ र नन्दन यादवले अविजित १८ रन बनाए ।

यता बलिङतर्फ शाहब आलमले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३०९ रन बनाएपछि प्रदेश तीनले ठूलो लक्ष्य पाएको थियो । आर्मीको लागि कप्तान विनोद भण्डारीले अविजित ७५ रन बनाए ।

त्यस्तै, ओपनर राजु रिजालले ५१ रन बनाए । यता रोहित कुमार पौडेलले भने ४३ रन बनाउँदा हरि चौहानले ३८ रनको योगदान दिए । बलिङतर्फ जितेन्द्रसिंह ठकुरी र नन्दन यादवले समान २–२ विकेट लिए ।

आर्मीले अब उपाधिका लागि एपीएफ र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ ।




भर्खरै