६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : न्युजिल्यान्डको दोस्रो जित, बंगलादेश दुई विकेटले पराजित



अ+ अ-

काठमाडौं । न्यजिल्यान्डले विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा न्युजिल्यान्डले बंगलादेशलाई दुई विकेटले पराजित गरेको छ । २४५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले ४७.१ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेटायो ।

न्युजिल्यान्डका लागि रोस टायलरले ८२ रन बनाए । त्यस्तै, कप्तान केन विलियम्सनले ४० रनको योगदान दिए । बलिङतर्फ भने बंगलादेशका मेहिदी हसन मिराज, शकिब अल हसन, मोहम्मद शैफुदिन र मोसादक हुसेनले समान २–२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभर सकिन चार बल बाँकी रहँदा सबै विकेटको क्षतिमा २४४ रन बनाएको थियो । बंगलादेशका लागि सकिब अल सहनले ६४ रन बनाए । त्यस्तै, मोहम्मद शैफुदिनले २९, मोहम्मद मिथुनले २६ र सौम्या सरकारले २५ रन बनाए ।

बलिङर्फ न्युजिल्यान्डका मट हेनरीले चार विकेट लिए ।

यो न्युजिल्यान्डको दोस्रो जित हो । यसअघि न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो । यता, बंगलादेशको भने यो पहिलो हार हो । यसअघि भएको खेलमा बंगलादेशले दक्षिण अफिकालाई पराजित गरेको थियो ।