१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : न्युजिल्यान्डको दोस्रो जित, बंगलादेश दुई विकेटले पराजित



अ+ अ-

काठमाडौं । न्यजिल्यान्डले विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा न्युजिल्यान्डले बंगलादेशलाई दुई विकेटले पराजित गरेको छ । २४५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले ४७.१ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेटायो ।

न्युजिल्यान्डका लागि रोस टायलरले ८२ रन बनाए । त्यस्तै, कप्तान केन विलियम्सनले ४० रनको योगदान दिए । बलिङतर्फ भने बंगलादेशका मेहिदी हसन मिराज, शकिब अल हसन, मोहम्मद शैफुदिन र मोसादक हुसेनले समान २–२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभर सकिन चार बल बाँकी रहँदा सबै विकेटको क्षतिमा २४४ रन बनाएको थियो । बंगलादेशका लागि सकिब अल सहनले ६४ रन बनाए । त्यस्तै, मोहम्मद शैफुदिनले २९, मोहम्मद मिथुनले २६ र सौम्या सरकारले २५ रन बनाए ।

बलिङर्फ न्युजिल्यान्डका मट हेनरीले चार विकेट लिए ।

यो न्युजिल्यान्डको दोस्रो जित हो । यसअघि न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो । यता, बंगलादेशको भने यो पहिलो हार हो । यसअघि भएको खेलमा बंगलादेशले दक्षिण अफिकालाई पराजित गरेको थियो ।




भर्खरै