१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ वर्षदेखि नदीको पानी पिउन बाध्य



अ+ अ-

काठमाडौं । सुनकोशी नदी किनारमा रहेको ढेबुवाघाटमा खानेपानीको चरम अभाव छ । नजिकै खोला बगिरहेको भए पनि गाउँमा पानीको अभाव बढ्दै गएको हो । ढेबुवाघाटका माझीले पिउँदै गरेको पानीको मुहान सुकेपछि खानेपानीकोे समस्या झन् बढ्दो छ । सुनकोशी गाउँपालिका–१ ढेबुवाघाटका माझी समुदायका स्थानीय वर्षौँदेखि नदीको दुषित पानी पिउन बाध्य छन् । उनीहरुले विगत नौ वर्षदेखि नदीको पानी खानेपानीका रुपमा प्रयोग गर्दै आएका हुन् ।

पानीको स्रोत नहुँदा वर्षामा सुनकोशीमा बाढी आउने भए पनि आफूहरुले नदीकै पानी पिउनुपरेको स्थानीय रहबहादुर माझीले बताउनुभयो । गत वर्ष सुनकोशी गाउँपालिकाले पम्पसेट निर्माण गरेर खानेपानीको सुविधा दिने प्रयास गरे पनि अन्य मुहान नभएको भन्दै सुनकोशी नदीकै पानी गाउँमा पु¥याइएको छ । “शुरुशुरुमा नदी किनारबाट शुद्ध खानेपानी निकाल्ने तरिका हामीलाई थाहा थिएन”, उहाँले भन्नुभयो, “निकै वर्षसम्म फोहर पानी खाइयो, अहिले नदी किनारमा पोखरी खनेर पानी निकालेका थियौँ ।” त्यो पोखरी पनि सुनकोशीमा आएको बाढीले पुरिएको र पम्पमार्फत आउने पानी बढी धमिलो आउने गरेको उहाँको भनाइ छ । अहिले स्थानीयवासी नदीमा बगेर आएको गन्हाउने धमिलो पानी पिउन बाध्य छन् ।

ढेबुवाका स्थानीयवासीलाई नदीको फोहर पानी खानाले विभिन्न किसिमका रोगले सताउने गरेको छ । “पानीकै कारणले बेला–बेलामा पेट दुख्ने, झाडापखाला लाग्ने गर्छ”, रहबहादुर भन्नुहुन्छ, “हिउँदमा भन्दा बर्खामा बढी बिरामी भइन्छ ।” ढेबुवाघाटमा सात घरपरिवारका करीब ६० जना बस्छन् । बालबलिका तथा वृद्धवृद्धालाई दुषित खानेपानीका कारणले लाग्ने रोगले अलि बढी सताउने गरेको छिमेकी गाउँ सिन्धुली रत्नवतीका शरण माझीले बताउनुभयो । वडा कार्यलयले गत वर्ष रु पाँच लाखको लागतमा पम्पसेट निर्माण गरेको भए पनि वैकल्पिक मुहान नहुँदा सुनकोशीको धमिलो पानी पिउनुपर्ने स्थानीयवासीको बाध्यता हटेको छैन ।




भर्खरै