१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युयोर्कस्थित फेसबुकको कार्यालय अगाडि महिलाहरुको नग्न प्रदर्शन



अ+ अ-

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित फेसबुकको कार्यालय बाहिर सयौँ महिलाहरुले निर्वस्त्र भएर प्रदर्शन गरका छन् ।

विरोध प्रदर्शनका क्रममा मानिसहरु नग्न भएर फेसबुक कार्यालय अगाडिको सडकमा सुतेका थिए र हातमा वक्षस्थलको प्रतिरुप बोकेका थिए । उक्त प्रदर्शनको नाम ‘वी दी निप्पल’ राखिएको छ । उक्त ह्यासट्यागलाई सोसल मिडियामा पनि निकै प्रचार गरिएको छ । महिला प्रदर्शनकारीहरुले आफ्ना शरीरलाई पुरुषको छातिको प्रतिरुपले ढाकेका थिए ।

फेसबुकले महिलाका वक्षस्थलका तस्वीर शेयर गर्न बन्देज लगाएको विरोधमा न्युयोर्कमा निर्वस्त्र प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा उत्रिएका टनिक न्यूड फोटोग्राफीका लागि चर्चित छन् । वर्षौंदेखि उनले नग्नता विरोधी यस्ता खालका कानून तथा नीतिहरुको विरोध गर्दै आएका छन् । उनको फेसबुक पेज सन् २०१४ मा प्रतिबन्धमा परेको थियो ।




भर्खरै