६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेयमारको दाहिने खुट्टाको लिगामेन्ट च्यातियो, कोपा अमेरिका कप गुमाउने पक्का



अ+ अ-

काठमाडौं । पीएसजीका स्टार तथा ब्राजिलका खेलाडी नेयमारले आफ्नै देशमा हुने कोपा अमेरिका कप फुटबल प्रतियोगिता गुमाउने भएका छन् ।

विहीबार बिहान ब्राजिलले २०२२ को विश्वकप आयोजक राष्ट्र कतारसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा उनि घाइते भएका थिए ।

यसअघि घुँडामा लागेको चोट पुनः बल्जिएपछि नेयमारले २२औं मिनेटमा मैदान छाडेका थिए । उनको दाहिने खुट्टाको लिगामेन्ट भाँचिएको छ । उनि यसअघि पनि कोपाको तयारीकै क्रममा अघिल्लो साता घाइते भएका थिए । नेयमार घाइते भएपछि ब्राजिललाई चिन्ता थपिएको छ ।

जुन १४ सुरु हुने कोपा अमेरिका कपमा १२ टिम रहेका छन् ।कोपा अमेरिकामा ब्राजील समूह ‘ए’ मा परेको छ । यस समूहमा बोलिभिया, पेरु र भेनेजुएला छन् ।

कोपा अमेरिकामा ब्राजिलले जुन १५ मा बोलिभियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । कतारले भने जुन १७ मा पराग्वेसँग पहिलो खेल खेल्नेछ । घरेलु मैदानमा कोपा अमेरिका कपको उपाधि उचाल्ने ब्राजिलको लक्ष्य छ । तर, प्रतियोगिता अगावै कप्तानसमेत भइसकेका मुख्य खेलाडी नै घाइते भइ मैदान बाहिर हुनुले ब्राजिललाई ठूलो झड्का लागेको छ ।

यसपटक टोलीमा रियल म्याड्रिडका स्टार डुओ मार्सेलो र भेनिसियस जुनियर, जुवेल्ट्स डगल्स कोस्टा, वेस्ट ह्याम युनाइटेडका फेलिप एन्डर्सन र टोटेमहम हट्टरपेजका लुकास मोउरो टिममा अटाउन सकेनन् ।

कोपा अमेरिकामा ब्राजिलले जुन १५ मा बोलिभियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । कतारले भने जुन १७ मा पराग्वेसँग पहिलो खेल खेल्नेछ ।

यस्तो छ नामावली

गोलकिपरः
एलिसन (लिभरपूल), एडसनसन (म्यान्चेस्टर सिटी), क्यासियो (कोरिन्थी)

डिफेन्सः
डैनियल अल्व्स (पीएसजी), फ्याग्नर (कोरिन्थी), फिलिप लुइस (अटेलियो म्याड्रिड), एलेक्स स्यान्ड्रो (जुवेनस), मिरांडा (इन्टर मिलान), थियागो सिल्भा (पीएसजी), मार्चिनो (पीएसजी), इर्ड मिलिटियो (पोर्टो र रियल म्याड्रिड )।

मिडफिल्डरः
क्यासेमिरो (रियल म्याड्रिड), फर्नाडिन्हो (म्यान्चेस्टर सिटी) , आर्थर (बार्सिलोना), एलन (नापोल), लुकास पाक्टेटा (मिलान) , फिलिप काउटिन्हो (बार्सिलोना)

फरवार्डः
नेयमार (पीएसजी), रिचर्लासन (एभरटन), डेभीड नेरेज (अजक्स), एवटन सोर्स (ग्यारियो), रोबर्टो फर्मिनो (लिभरपूल), गब्रिएल जिसस (म्यान्चेस्टर सिटी)