६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको सुरक्षाका लागि डीएसपीको नेतृत्वमा ५९ जना प्रहरी खटिने



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सुरक्षा अधिकृत फेरिएका छन् ।

गृहमन्त्रालयका अनुसार सुरक्षा थ्रेटलाई विश्लेषण गरेर प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीलाई दाहालको पीएसओको रुपमा खटाएको बताएको छ ।

यसअघि दाहालको सुरक्षामा खटिएका डीएसपी सन्तोष राठौर महानगरीय प्रहरी वृत्त, लैनचौरमा सरुवा गरिएका थिए ।

दाहालको सुरक्षामा डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र डीएसपीकै नेतृत्वमा सशस्त्र प्रहरीका ३० जना गरी ५९ जना खटिने गरेका छन् ।