६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गस्तीमा खटिएका प्रहरीलाई वियरको बोतल र भाटा प्रहार



अ+ अ-
सांकेतिक तस्वीर

काठमाडौं । गस्तीमा रहेको प्रहरी टोलीमाथि वियरको बोतल प्रहार गरेको आरोपमा दुई महिलासहित ४ जना पक्राउ परेका छन् ।पक्राउ पर्ने अन्यको नाम खुलाइएको छैन ।

उनिहरुलाई उदयपुरको कटारी नगरपालिका–६, विहीबारेबाट प्रदीप तामाङसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले प्रहरीलाई भाटासमेत हानेका प्रहरीले जनाएको छ ।

घटनामा प्रहरी चौकी, रिस्कुबाट खटिएका ३ जना प्रहरी घाइते भएका छन् भने संलग्न एक जना फरार छन् ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार घाइते प्रहरीको कटारी अस्पतालमा उपचार भइरहेको छ । थप अनुसन्धान जारी छ ।