६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्री ३ र श्री ५ को बाहुलीमा रकम चढाए जस्तै गरी बजेट आयो : गौतम



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले बजेट शक्तिशाली सरकारका अगाडि देश बनाउने ठूलो अवसर भए पनि बजेट वितरणमुखी आएको आरोप लगाएकी छिन् । उनले प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०७६–७७ को बजेटमाथिको छलफलमा सहभागि हुँदै बजेट वितरणमुखी आएको बताइन् ।

पूँजीगत खर्च देखेर आफूहरुलाई निरास बनाएको भन्दै उनले कार्यकर्तालाई, नेतालाई खुशी पार्नका लागि बजेट दुरुपयोग हुन सक्ने आशंका गरे । विगतमा श्री ३ को र श्री ५ लाई बाहुलीमा रकम चढाए जस्तै गरी प्रधानमन्त्रीको कार्यालयलाई रकम चढाउने ढंगले अत्यन्तै वितरणमुखी बजेट आएको दाबी उनले गरिन् ।

तत्कालीन प्रधानामन्त्री बीपी कोइरालाले देशको आर्थिक नीति बनाउने क्रममा ‘म मेरो नेपाली जनतालाई १५ वर्षमा म जत्तिकै बनाउँछु’ भनेर उद्घोष गरेको स्मरण गर्दे उनले अर्थमन्त्रीलाई प्रश्न गरिन्- ‘आज म अर्थमन्त्रीलाई म प्रश्न गर्न चाहन्छु । अर्थमन्त्रीज्यू, आफ्नो क्षमता, आफ्नो योग्यता, आफूजस्तै नेपाली जनतालाई कहिले बनाउने रु यस्तो बरालिएको बजेटले नेपाली जनतालाई अर्थमन्त्री जत्तिको बनाउन सक्दैन ।’

उनले नेपाली कांग्रेसको सरकारको समयमा धेरै युवाहरु विदेश गए भन्ने भनाइमा सत्यता नभएको भन्दै तथ्यांक हेर्न आग्रह गरिन् । उनले नेपाली कांग्रेसको सरकारको समयमा देशभित्र धेरै रोजगारी सिर्जना भएको दाबी समेत गरिन् ।