६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ वर्ष युभेन्टसको गोलपोष्ट सम्हालेका “लेजेन्ड बुफन”ले सन्यास लिदै



अ+ अ-

काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का गोलकिपर जियानलुइगी बुफनले यही महिनाको अन्तिममा क्लब छाड्ने भएका छन् ।

१७ वर्ष युभेन्टसको गोलपोष्ट सम्हालेका गोलकिपर बुफन र पीएसजी बीचको सम्झौता यही महिनाको अन्तिममा सकिदैछ । बुफन २०१८ को जुलाईमा पीएसजीमा अनुबन्धन भएका थिए ।

उनले एक वर्षे अवधिमा सबै प्रतियोगिता गरेर पीएसजीबाट २५ खेल खेलेका छन् । जसमा पीएसजीले लिग वान फटुबलको उपाधि जितेको थियो ।

उनले ९ पटक सिरि ए को उपाधि जिताएका थिए । ४१ वर्षीय इटालियन लेजेन्ड बुफन २००१ देखि २०१८ सम्म युभेन्टसमा रहेका उनले त्यसपछिको यात्रा भने फ्रान्सेली क्लब पीएसजीबाट गरेका थिए ।

‘म खुशीको साथ विदा हुन्छु । धैरै आनन्द लिनेछु यो अनुभवलाई । जसले मलाई अघि बढ्न मद्दत गरेको छ’, जियानलुइगीले भनेका छन् ।

यता, पीएसजी क्लबका अध्यक्ष नासिर अल खेलाइफीले बुफनले आफ्नो क्लबको जर्सी लगाउनु पीएसजीको लागि गौरवको कुरा भएको बताएका छन् ।

बुफनले आफ्नो देश इटालीका लागि १७६ खेल खेलेका छन् । सन् २०१८ को विश्वकपमा इटाली छनोट हुन नसकेपछि उनले सन्यास लिएका थिए ।