१८ भाद्र २०८३, बिहीबार
,
Latest
पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ वर्ष युभेन्टसको गोलपोष्ट सम्हालेका “लेजेन्ड बुफन”ले सन्यास लिदै



अ+ अ-

काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का गोलकिपर जियानलुइगी बुफनले यही महिनाको अन्तिममा क्लब छाड्ने भएका छन् ।

१७ वर्ष युभेन्टसको गोलपोष्ट सम्हालेका गोलकिपर बुफन र पीएसजी बीचको सम्झौता यही महिनाको अन्तिममा सकिदैछ । बुफन २०१८ को जुलाईमा पीएसजीमा अनुबन्धन भएका थिए ।

उनले एक वर्षे अवधिमा सबै प्रतियोगिता गरेर पीएसजीबाट २५ खेल खेलेका छन् । जसमा पीएसजीले लिग वान फटुबलको उपाधि जितेको थियो ।

उनले ९ पटक सिरि ए को उपाधि जिताएका थिए । ४१ वर्षीय इटालियन लेजेन्ड बुफन २००१ देखि २०१८ सम्म युभेन्टसमा रहेका उनले त्यसपछिको यात्रा भने फ्रान्सेली क्लब पीएसजीबाट गरेका थिए ।

‘म खुशीको साथ विदा हुन्छु । धैरै आनन्द लिनेछु यो अनुभवलाई । जसले मलाई अघि बढ्न मद्दत गरेको छ’, जियानलुइगीले भनेका छन् ।

यता, पीएसजी क्लबका अध्यक्ष नासिर अल खेलाइफीले बुफनले आफ्नो क्लबको जर्सी लगाउनु पीएसजीको लागि गौरवको कुरा भएको बताएका छन् ।

बुफनले आफ्नो देश इटालीका लागि १७६ खेल खेलेका छन् । सन् २०१८ को विश्वकपमा इटाली छनोट हुन नसकेपछि उनले सन्यास लिएका थिए ।